ढिकुराको श्री शारदा माविमा १५० जना विधार्थीहरुले मोडर्ना खोप लगाए

ढिकुराको श्री शारदा माविमा १५० जना विधार्थीहरुले मोडर्ना खोप लगाए


पारस भट्टराई 

ढिकुरा, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको ढिकुरा स्वास्थ्य चौकीको आयोजनामा भुमिकास्थान नगरपालिका वार्ड नं ९ मा रहेको श्री शारदा माध्यमिक विद्यालयमा मोडर्ना खोप कार्यक्रम सम्पन्न भएको छ। 


उक्त खोप कार्यक्रममा स्वास्थ्य चौकीका कर्मचारी बिष्णु प्रसाद ज्ञवाली, अस्मिता गैरे र सिता पोडेलको सहभागिता थियो। 


१२ देखि १८ उमेर समूहका मानिसलाई लगाउन मिल्ने खालको उक्त मोडर्ना खोपबाट शारदा माध्यमिक विद्यालय संगै नजिकका बिधालय लाभान्वित भएका छन्। उक्त कार्यक्रमबाट १५० जना विधार्थीहरुले खोप लगाएकाे बिष्णु प्रसाद ज्ञवालीले बताउनु भयो।

अन्य समाचारहरु