पाणिनी गाउँपालिका र भूमि आयोग बीच सम्झौता

 पाणिनी गाउँपालिका र भूमि आयोग बीच सम्झौता


भिम बिश्वकर्मा | अर्घाखाँचीडट्कम संवाददाता 

दुर्गाफाँट, अर्घाखाँची  (अर्घाखाँचीडट्कम) ।  भूमि सम्बन्धि समस्या समाधान गर्न राष्ट्रिय भूमि आयोगमा आयोग र अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिकामा बिच सम्झौता भएको छ ।

भूमि आयोग र पाणिनी गाउँपालिका बिच सम्झौता

 आज आईतवार भूमि आयोग काठमाण्डौमा आयोगका अध्यक्ष केशव निरौला र पाणिनी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नेत्र प्रसाद घिमिरेले कार्यसहमति पत्रमा हस्ताक्षर गरेका हुन् ।

पाणिनी गाउँपालिकामा रहेका भुमीहिन दलित,भूमीहिन सुकुम्वासीलाई जग्गा वितरण गर्ने र अब्यबस्थित बसोबासको समस्या समाधान गर्न यो सम्झौता गरिएको हो । साथै सोहि कार्यक्रममा रोहोणि गाउँपालिका रुपन्देही र त्रिवेणि गाउँपालिका रुकुमले कार्यसहमति पत्रमा हस्ताक्षर गरेका छ ।

अन्य समाचारहरु