ट्रक र मोटार साइकल एक आपसमा ठोक्किदा एक जना घाईते

भैरहवामा भएको सडक दुर्घटनामा एकजना गम्भीर घाईते भएका छन्।  

बुटवलबाट भैरहवा आउँदै गरेको लु१३प ९०३४ नम्बरको मोटरसाइकललाई विपरित दिशातर्फ जाँदै गरेको ना४ख ८००६ नम्बरको ट्रकले ठक्कर दिएको हो।  

ठक्करबाट मोटरसाइकलमा सवार रुपन्देही तीलोत्तमा नगरपालिका ३ का सञ्जिव खाँड गम्भीर घाईते भएका हुन्। 

घाईते खाँडको युनिभर्सल कलेज भैरहवामा उपचार भईरहेको र गाडी तथा चालक आफ्नो नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ।  सेतोपाटीले लेखेको छ ।












अन्य समाचारहरु