सन्धिखर्क नगरपालिकाद्धारा कर दिवसको अवसरमा पहिलो करदातालाई सम्मानित

सन्धिखर्क नगरपालिकाद्धारा कर दिवसको अवसरमा पहिलो करदातालाई सम्मानित


प्रेमनारायण आचार्य

सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिकाले कर दिवसको अवसरमा पहिलो करदातालाई सम्मानित गरेको छ ।


सन्धिखर्क नगरपालिकाले कर बुझाउन नगरपालिकाको अफिसमा आउनु भएका   पहिलो सेवा ग्राहीको रुपमा कर बुझाउन आउनु  भएका सन्धिखर्ब  २ बस्ने भोज बहादुर मुखियालाई  सम्मानित गरेको हाे । 


उनलाई  प्रमुख प्रशासकीय अधिकृत नारायण अर्याल र शाखा अधिकृत मञ्जु खनालले दाेसल्ला ओढाएर तथा टीका र फुलले सम्मान गर्नु भएकाे हाे । 


 कार्यक्रममा नगरपालिकाका अधिकृत छैठौं जीवनारायण आचार्य, राजस्व शाखा प्रमुख मुक्ति खनाल ,  नेपाल पत्रकार महासंघका प्रदेश सदस्य प्रेमनारायण आचार्य, जिल्ला अध्यक्ष अशाेक खनाल , नगरपालिकाका राेजगार संयाेजक हिरामणी पराजुली , शालिकराम नेपाली, विशाल महत लगायतको उपस्थिति रहेकाे थियोे ।

अन्य समाचारहरु