खाँचीकोटमा फेरि १४ जना भारतबाट आए,३१ जना आदर्श माबि मैदान,डिहिडाँडामा २४ जनालाई व्यवस्थापन

खाँचीकोटमा फेरि १४ जना भारतबाट आए,३१  जना आदर्श माबि मैदान,डिहिडाँडामा २४  जनालाई व्यवस्थापन

अर्घाखाँचीडट्कम संवाददाता 

खाँचीकोट, अर्घाखाँची  (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड नम्बर ७ खाँचीकोटमा ५५ जना भारतबाट आएका छन् । हिजोसम्म ४१ थिए भने २४ घण्टामा १४ जना थपिएका हुन् । 

खाँचीकोटको आदर्श माबिमा २७ सैयाकाे क्वारेन्टाइन स्थापना

भारतबाट आएकालाई खाँचीकोटको आदर्श माबि मैदान क्वारेन्टाइनमा ३१ जना र चन्द्र प्रभा माबि डिहिडाँडा क्वारेन्टाइनमा २४ जनालाई व्यवस्थापना गरिएको छ । 


आदर्श माबिमा २७ सैयाकाे क्वारेन्टाइन स्थापना गरिएको छ। यहाँ भारतबाट आउने स्थानियबासीको संख्या बढेको छ ।

अन्य समाचारहरु