धारापानीको शिख्रमा ज्योति लाइफ इन्स्योरेन्स कम्पनीद्धारा बीमा दाबी रकम भुक्तानी

धारापानीको शिख्रमा  ज्योति लाइफ इन्स्योरेन्स कम्पनीद्धारा  बीमा दाबी रकम भुक्तानी

अर्घाखाँचीडट्कम संवाददाता   

धारापानी, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्कमा  ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लि. ले बीमितका परिवारलाई बीमा दाबी रकम भुक्तानी गरेको छ । कम्पनीको अर्घाखाँची शाखाले बीमितको परिवारलाई बीमा दाबी वापतको रकम हस्तान्तरण गरेको हो ।


कम्पनीले भुमिकास्थान  नगरपालिका वडा नं.३ धारापानीको शिख्र  बस्ने बीमित डिल बहादुर घर्तिकि श्रीमति गिता घर्तिलाइ  १ लाख १५ हजार ९ सय १६  रुपैयाँ बराबरको चेक हस्तान्तरण गरिएको हो । 

बिमित डिल बहादुर घर्तीको जन्डिस को कारणले मृत्यु भएको थियो । साथै छोरी नभिना घर्ती लाई १३ बर्ष सम्म महिनाको १ हजार रुपैया पढाइ खर्च बापत रकम उपलब्ध हुने समेत जानकारी सहित  अर्घाखाँची शाखाका शाखा प्रमुख कृष्ण प्रसाद खनालले चेक  हस्तान्तरण गर्नु भएको थियो । 

३५ ओटा घातक रोगको उपचार खर्च दिने नेपाल को एक मात्र जीवन बिमा कम्पनी ज्योती लाइफ रहेकोले ढुक्क भयर ज्योती लाइफ इन्स्योरेन्स मा नै बिमा गर्न्नु गराउनु  हुन समेत अनुरोध गर्न्नु भयको थियो। उक्त कार्यक्रममा कम्पनिका एजेन्सी म्यानेजर माया खनाल शिव बन्जाडे एजेन्सी बुद्धि बहादुर खत्री पशुपती बन्जाडे र  सीता खड्का को समेत उपस्थिति रहेको थियो।

अन्य समाचारहरु