इरानमा बाढीका कारण ५९ जनाको मृत्यु, ३० बेपत्ता ।

इरानमा बाढीका कारण ५९ जनाको मृत्यु, ३० बेपत्ता  ।

Sanima

काठमाडौं । इरानमा अघिल्लो सातादेखि परेको अविरल वर्षासँगै आएको बाढीमा परी मृत्यु हुनेकाे संख्या ५९ पुगेको छ ।

त्यस्तै, अन्य ३० जना बाढीमा परेर बेपत्ता भएका हुन् । थुप्रै शहर प्रभावित हुँदा १ हजार बढीलाई सुरक्षित स्थानमा स्थानान्तरण समेत गरिएको जनाइएको छ । करिब १ हजारको उद्धार गरिएको अधिकारीहरूले बताएका छन् ।


राष्ट्रपति इब्राहिम राइसीले मन्त्री एवं अधिकारीहरूलाई सम्भावित बाढीबाट जनधनको सुरक्षाका निम्ति उपलब्ध स्रोत–साधन परिचालन गर्न निर्देशन समेत दिनुभएको छ ।

अन्य समाचारहरु