खिल्जीमा साना किसान कृषि सहकारीको २० औं वार्षिक साधारण सभा तथा ८ औं अधिवेशन सम्पन्न

खिल्जीमा  साना किसान कृषि सहकारीको २० औं वार्षिक साधारण सभा तथा ८ औं अधिवेशन सम्पन्न


अजय के.सी 

खिल्जी, अर्घाखाँची  (अर्घाखाँचीडट्कम) ।  अर्घाखाँची जिल्लाको भूमिकास्थान नगरपालिका वार्ड नम्बर ६ खिल्जीमा अवस्थित श्री साना किसान कृषि सहकारी संस्था खिल्जीको २०औं वार्षिक साधारण सभा तथा ८ औं अधिवेशन सम्पन्न भएको छ । 


खिल्जीमा आज आईतवार अवस्थित श्री साना किसान कृषि सहकारी संस्था खिल्जीको २०औं वार्षिक साधारण सभा तथा ८ औं अधिवेशन सम्पन्न भएको हो । 


अधिबेशनबाट  संस्थाको अध्यक्ष  प्रेम नारायण बेल्बासे चयन हुनु भएको छ । 

 कार्यक्रममा  प्रमुख अतिथि भूमिकास्थान नगरपालिकाका मेयर  रेशम थापा तथा विशिष्ट अतिथि उप मेयर  खडानन्द बेल्बासेको उपस्तिथि रहेको थियो । 


 कार्यक्रमको  सञ्चालन संस्था लेखापाल चन्द्र बहादुर बस्नेतले गर्नु भएको थियो । संस्थाले नयाँ कार्यसमिति गठन गरी ०७८७९ को प्रतिवदेन माथि छलफल गरि आगामी कार्यक्रम ०७९/०८० माथि पनि भावी योजना तथा कार्यक्रमको के कस्तो लैजाने भन्ने बारेमा पनि गहन छलफल गरी सम्पन्न भएको जानकारी चन्द्र बस्नेतले दिनु भएको छ ।

अन्य समाचारहरु