अड्गुरीमा नवनिर्मित वार्ड कार्यालय भवनको उद्घाटन कार्यक्रम सम्पन्न | गाउँपालिका कै पहिलो (फोटो सहित)

अड्गुरीमा नवनिर्मित वार्ड कार्यालय भवनको उद्घाटन कार्यक्रम सम्पन्न | गाउँपालिका कै पहिलो (फोटो सहित)


प्रकाश प्युठानी | अर्घाखाँचीडट्कम संवाददाता 

अड्गुरी, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिका वार्ड नम्बर  ७ अड्गुरीमा नवनिर्मित वार्ड कार्यालय भवनको उद्घाटन कार्यक्रम सम्पन्न भएको छ । 


अड्गुरीमा शुक्रबार नवनिर्मित वार्ड कार्यालय भवनको एक कार्यक्रमका बीच उद्घाटन सम्पन्न भएको हो ।

यो भवन पाणिनी गाउँपालिका कै पहिलो वार्ड कार्यालय बनेको छ।  भवन ८० लाख बिनियोजित बजेट बोलपत्रबाट ६९ लाख रुपैयामा बनेको हो । 


कार्यालय उद्घाटन तथा प्रवेश कार्यक्रममा कोरोना भाइरस माहामारीका कारण वार्डका केहि जनप्रतिनिधि र वडा कर्मचारीको उपस्थितिमा प्रवेश गरिएको हो ।


कार्यक्रममा वार्ड नम्बर  ७ का वार्ड अध्यक्ष गुनाखर अधिकारी, वार्ड सदस्य पदम महत्रा, नवीन कुमार टन्डन, नेपाली काङ्ग्रेस वार्ड नम्बर ७ का सभापति फर्स वहादुर श्रेष्ठ,  एमाले गाउकमिटी सदस्य चोपलाल पोख्रेल प्राविधिक उमानाथ पौडेलको उपस्थिति रहेको थियो ।

अन्य समाचारहरु