अर्घाखाँचीका युवाहरु साउदीमा अलपत्र

अर्घाखाँचीका युवाहरु साउदीमा अलपत्र

अर्घाखाँचीडट्कम संवाददाता 

साउदी । करिब ५  महिना अगाडि साउदी पुगेका अर्घाखाँची जिल्लाका युवाहरु अहिले  अलपत्र परेका छन् ।


करिब  १ लाख ५० हजार खर्च गरेर 'ग्यालेक्सी ब्लु' नामको मेन पावरबाट साउदी गएका अर्घाखाँची लगायतका ति युवाहरु भनेजस्तो काम र तलब नपाएपछी - सडकमा आउन बाध्य भएका हुन् ।

पिडित मध्यका एक जना भूमिकास्थान नगरपालिका- ६ का बिश्नु परियारले बताए अनुसार, अहिले उनिहरुलाई  इन्डियनहरुले केहि खाना दिएको र उक्त खाना सबैजनालाई अपुग रहेको छ ।

  दुईहप्ता पहिले सडकबाट उद्धार गरि  यतिबेला उनिहरुलाई  एनआरएनले सेल्टर दिएको छ ।

उक्त मेनपावरको सन्चालक ,  एम्बेस्सी   एनआरएन र  पिडितहरुबिच बसेर छिट्टै नेपाल फर्काईने सहमति गरेको भएपनी,
     सहमती पालनामा मेनपावर जिम्मेवार देखिएको छैन ।


 अहिले मेनपावरका सन्चालकले पिडितहरुलाई गथ्थाउने,  अल्झ्याउने  गरिरहेको छ ।

 १७ जना सामुहिक रुपमा एउटै कोठामा  राखिएको उनिहरुलाई सुरुका दिनहरुमा NRN ले खाना उपलब्ध गराउँदै आएकोमा,
  अहिले मेनपावरले गर्छ भनेर बेवास्ता गरेको अबस्था छ ।

 एजेन्टहरुले  झुटो प्रलोभन देखाएर महिनाको   १६०० सम्म तलब पाउने आसामा तहाँ पुगेका उनिहरुले ८०० मात्रै पाएको र भनेजस्तो काम पनि नदिएको कुरा अलपत्रहरु मध्यका एक रिखी परियारले बताए ।

  यतिबेला उनीहरु सहयोगको अपेक्षा र नेपाल फर्किने आसा राखेर साउदीको बन्द कोठामा निकै कस्टकर जिवन बिताईरहेकाछन् ।

अन्य समाचारहरु