अर्घाखाँचीमा ४ जना म्यादी प्रहरीको नियुक्ती रद्द

अर्घाखाँचीमा ४ जना म्यादी प्रहरीको नियुक्ती रद्द

अर्घाखाँचीडट्कम संवाददाता 

सन्धिखर्क, अर्घाखाँची  (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लामा वैशाख ३० गते हुने स्थानिय तह निर्वाचनका लागि म्यादी प्रहरीका भर्ना भएका ४ जनाको छनौट रद्द भएको छ । 


म्यादी प्रहरीका लागि नियुक्ती भएका ४ जना तालिममा नआएको भन्दै प्रहरीले छनौट रद्द गरेको हो । साथै उनिहरुको सट्टामा अरु ४ जनालाई बदली गरिने प्रहरीले बताएको छ । 

जिल्लामा  म्यादी प्रहरीका लागि झण्डै २ हजार १ सय ३५ जनाले आवेदन दिएकोमा ८ सय ८२  जनाको अन्तिम नाम सार्वजनिक जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।  

अन्य समाचारहरु