छत्रदेव गाउँपालिकालाई दुई डाक्टरले स्वस्थ सामग्री सहयोग गर्दै

छत्रदेव गाउँपालिकालाई दुई डाक्टरले  स्वस्थ सामग्री सहयोग गर्दै

दिपक भुसाल 

छत्रगञ्ज, अर्घाखाँची । अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालिकालाई दुई डाक्टरले एकलाख भन्दा माथिकाे स्वस्थ सामग्री सहयोग गर्ने भएका छन् । 


छत्रदेव गाउँपालिकाका सबै ८ वार्डलाई वीर अस्पताल र नर्भिक हस्पिटलमा कार्यरत वरिष्ठ न्यूरोसर्जन डा. राजेन्द्र श्रेष्ठ र चिकित्सक संघका पुर्व अध्यक्ष  मुक्ति श्रेष्ठले  काठमाडौंबाट लाखाै बराबरकाे स्वस्थ सामग्री उपलब्ध गराउनु हुने भएको हो । 

उपलब्ध स्वस्थ सामग्री भाेली बिहीवार छत्रदेब पुग्ने र एक दुई दिनमा हरेक वार्डमा स्वस्थ सामग्री हस्तान्तरण गरिनेछ । 


वीर अस्पताल र नर्भिक हस्पिटलमा कार्यरत वरिष्ठ न्यूरोसर्जन डा. राजेन्द्र श्रेष्ठ र चिकित्सक संघका पुर्व अध्यक्ष  मुक्ति श्रेष्ठले जिल्लालाई विभिन्न तहबाट सहयोग गर्दै आउनुभएको छ । 

अन्य समाचारहरु