ठाडामा महिला संघको नगर कमिटी बैठक सम्पन्न | महिलाको नेतृत्व बिकास र अधिकारको संरक्षण एमालेले मात्रै गर्छ: नेता गैरे

ठाडामा महिला संघको नगर कमिटी बैठक सम्पन्न | महिलाको नेतृत्व बिकास र अधिकारको संरक्षण एमालेले मात्रै गर्छ: नेता गैरे


अर्घाखाँचीडट्कम संवाददाता 

ठाडा, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । नेकपा एमाले अर्घाखाँची जिल्ला कमिटी उपसचिव प्रेमनारायण गैरेले महिला अधिकारको वास्तविक संरक्षक नेकपा एमाले मात्र भएको दावी गर्नु भएको छ ।


अखिल नेपाल महिला संघ शितगङ्गा नगर कमिटीको बैठकलाई सम्बोधन गर्दै नेता गैरेले महिलाकोलाई हरेक क्षेत्रमा ३३ प्रतिशत आरक्षणको सुनिश्चितता गर्नुपर्छ भन्दै नेकपा एमालेका तत्कालीन उपाध्यक्ष विद्या भण्डारीले संसद आवाज उठाएकै कारण नेपालको संविधानमा महिलाको लागि ३३ प्रतिशत आरक्षण सुनिस्चित गरिएको र एमालेले आफ्ना सबै कमिटीमा  ३३ प्रतिशत महिला आरक्षण सुनिश्चित नै गरेकाले अरुपार्टीहरुले बिस्तारै एमालेको लाइनमा आउन थालेका छन यस्ले महिलाको नेतृत्व बिकासमा एमाले नै अब्बल पार्टी भएको बताउनु भएको छ ।

उहाँले राज्यका हरेक क्षेत्रमा आरक्षणलाई व्यबहारमा कार्यान्वयन गर्न सके मात्र महिलाले वास्तविक अधिकार प्रयोग गर्न पाउने विचार व्यक्त गर्नुभयो ।


 नगर कमिटी समिति अध्यक्ष गिता भाटकाे अध्यक्षता,सचीव शुशिला आचार्यको संचालन, नेकपा (एमाले) अर्घाखाँची जिल्ला कमिटी उपसचिव क.प्रेमनारायण गैरेकाे प्रमुख आतिथ्यता जिल्ला कमिटी सदस्य एवं २ नम्बर क्षेत्रीय समन्वय कमिटी अध्यक्ष क.काशिराम आचार्य,नगर कमिटी ईन्चार्ज क.ओपि पाण्डे , नगर कमिटी अध्यक्ष वसन्त श्रेष्ठ,एमाले जिल्ला कमिटी सदस्यहरु गाेवर्धन थापा ,ऋषि रेस्मी ,तिलक भाट , एमाले नगर उपाध्यक्ष सन्जय राना,सचीव ऋषि घिमिरे,उपसचिव शिबकला बिक र घनु गाहा, युवा संघ नगर कमिटी अध्यक्ष क. तिलक अधिकारी , प्रेस चैतारि नेपालका लुम्बिनी प्रदेश कमिटी सदस्य बिष्णु कुमार आले,पत्रकार अराज सिंह बेल्बासे,किसान महास्घ नगर अध्यक्ष झनक केसी,मुक्ति समाज नगर अध्यक्ष चुरा बहादुर बिक, युथ फाेर्स संयोजक सन्दिप दर्लामि,अनेम संघ जिल्ला सदस्य लक्ष्मी बिसी,तुल्सा बिककाे आतिथ्यतामा सम्पन्न बैठक नगर समिति बैठकमा नगर समिति  उपाध्यक्ष बिष्नु बिसीकाे स्वागतमा सम्पन्न भएकाे हाे ।


बैठकले सबै वडा र टोलसम्म अनेम संघका कमिटीहरु गठन गर्ने,भेला बैठकहरु तथा सदस्यता बिस्तार अभियान संचालन गर्ने निर्णय गरेको नगर समिती अध्यक्ष गिता भाटले बताउनु भएको छ ।

अन्य समाचारहरु