के गरी हो बाच्ने (कविता)

के गरी हो बाच्ने (कविता)

पारस भट्टराई 

अहिले लाई नै छैन सामान पछि लाई त के साच्ने
मंहगी झन बढ्दै छ गरिब जनता कसरी हो बाच्ने

भन्न त अझै नि भन्छन् पैसा भन्दा हो रे ठुलो पढाई 
पढाई ले नै संसारमा निम्त्याएको छ ठुला ठुला लडाई
 
कमाई भन्दा खर्च हाम्रो दिनानुदिन बढ्दै छ गएको
जति तेल महंगाई गरे पनि छ रे निगम घाटा भएको

देख्न त देख्छौं हामी विश्व मा श्रीलंका को अबस्था
यति देखिसकेपछि पनि केही गर्न पर्दैन र ब्यबस्था

उपभोक्ता लाई  छैन सुलभ केही सामग्री पनि किन्न
अझै पनि सक्दैनौं र आफ्ना प्रतिनिधि लाई नि चिन्न

सगरमाथा र लुम्बिनी ले चिनाएको थियो नेपाल नाम 
जनशक्ति उत्पादन गरे पनि छैन यहाँ कुनै पनि काम

कसैले नि पाएका छैनन् सिप अनुसार को केही काम
दश बार्ह  पढ्न छोडेर भन्छन् युवा कुन देश तिर जाम

विश्वको अबस्था हेर्दा त लाग्दैन होला बाच्ने नि  आस
केही बच्चा सडकमा छन् छैन उनिहरुलाई गांस बास

अन्य कुरा छोडौं हाम्रै देशमा छैन माटो सुहाउँदो शिक्षा
देश चलाउन  अन्य देशमा घुडा टेकेर माग्न पर्ने भिक्षा

आजैदेखि स्वदेश मै फर्कि गर्न पर्यो युवाहरु ले काम
अशिक्षित ले गर्दा खेरी नैं हराउँदै छ हाम्रै देशको नाम