आगामी बिहीबारदेखि मौसममा सुधार हुने, चिसो अझै बढ्ने

आगामी बिहीबारदेखि मौसममा सुधार हुने, चिसो अझै बढ्ने

काठमाडौं, पुस ९ गते । क्रमिक रुपमा सुधार हुँदै आएको मौसम आइतबारदेखि एक्कासि बदली हुँदा चिसो बढेको छ । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण पश्चिम नेपाल हुँदै देशैभर बादलले ढाकेपछि वर्षा र हिमपातले चिसो बढेको मौसम पूर्वनुमान महाशाखाका मौसमविद् मञ्जु बासीले जानकारी दिनुभयो ।


पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव पश्चिम हुँदै पूर्व सर्ने हुँखा बुधबारसम्म बादल लाग्ने भएकाले चिसो झनै बढ्ने बासीले बताउनुभयो । सोमबार र मंगलबार कर्णाली र सुदूरपश्चिममा मध्यम वर्षा सँगै सामान्य हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । मौसम पूर्णरुपमा सफा हुन बिहीबारसम्म लाग्नेछ ।

आइतबारको न्युनतम तापक्रम सबैभन्दा कम जुम्लामा माइनस ०.९ डिग्री सेल्सियस रहेको थियो भने काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ५.२ डिग्री सेल्सियस छ । यसै साता काठमाडौंको न्यूनतम तापक्रम सात डिग्री सेल्सियस पुगेको थियो । पश्चिम हुँदै पूर्वतर्फ सर्ने भएकाले देशैभर क्रमस सामान्य पानी पर्ने र चिसो बढ्दै जाने महाशाखाको रिपोर्टमा उल्लेख छ ।

देशैभर २२६ वटा वर्षा मापन केन्द्रहरुबाट मापन गरिए मध्ये शुक्रबार १४० वटा केन्द्रमा वर्षा भएको थियो यीमध्ये सबैभन्दा बढी वर्षा संखुवासभाको चैनपुरमा २९.२ मिलिमिटर भएको थियो । अन्य ५ वटा केन्द्रमा १० मिलिमिटर भन्दा बढी र एउटा केन्द्रमा २५ मिलिमिटरभन्दा बढी वर्षा भएको जल तथा मौसम विज्ञान विभागको तथ्याङक छ । गोरखापत्रमा समाचार छ । 

अन्य समाचारहरु