सलह (कविता)

सलह (कविता)

पीताम्बर भट्टराई
 
ए फट्याङ्ग्रा
तिमी फट्याङ्ग्रा भन्दा रिसायैा कि
यहाँ त रिसाउछन
फटाई गरेर फटाहा भएका
फटाहालाइ फटाहा भन्दा
यहाँ रिसाउछन
ए फट्याङ्ग्रा
तिमी खान आउदैछाै रे
बारिका मकै खान
आउदैछाै रे
खेतमा घान खान
आउदै छाै रे
खरबारिमा खर खान
रुखका पात खान
जमिन उजाड पार्न
तिमी आउदैछाै रे
ए फट्याङ्ग्रा
नआउभाे घिच्न
हसुर्ने मान्छे यहिं छन
मान्छेहरु यहाँ
नुनमात्र हाेइन
सुनपनि चपाउछन
पसिना मात्र हाेइन
खुन पनि प्युछन
आटाे मात्र हाेइन यहाँ
माटाे पनि खान्छन
पानी मात्र हाेइन यहाँ
नदि समेत प्युछन
खानि खान्छन यहाँ
जवानी खान्छन
घुस छ मीठाे भेाजन
भ्रष्टाचार छ
मीठाे अाचार
नेताहरु खान्छन
राष्ट्र सेबक पनि खान्छन
कतै नभए
मतदाताहरुपनि
एक बाेतल दारु संग
भाेट साट्छन
यहाँ मान्छेकाे पेट
घैला जत्राेछ
ए फट्याङ्ग्रा
तिमी के खान्छाै
यहाँ मान्छेले तिमिलाइ खान्छन
यहाँ न आउ
सलह यहाँ नआउ
सलह हाेइन सि्ह यहि छ
याे देश सलहले खान कहाँ पाइन्छ