युएईमा निधन भएका जुकेनाका प्रकाश विकको शब काठमाडौं आईपुग्यो

युएईमा निधन भएका जुकेनाका प्रकाश विकको शब काठमाडौं आईपुग्यो

अर्घाखाँचीडट्कम संवाददाता

काठमाडौं (अर्घाखाँचीडट्कम) । युएईको दुबईमा निधन भएका अर्घाखाँची जिल्लाको  शितगंगा नगरपालिका वार्ड नम्बर ६ जुकेनाका एक युवाको शब काठमाडौंमा आईपुगेको छ । 


युएईको दुबईमा निधन भएका जुकेनाका लालबहादुर विकका २५ वर्षिय छोरा प्रकाश विकको शब आज शनिवार काठमाडौंमा आईपुगेको हो । विकको शब नियमित उडान माफत दुबईबाट काठमाडौं ल्याइएको छ । 

श्रीमती अमृता सुनुवार, बुबा लालबहादुर विक शब बुझ्न् काठमाडौं गएका थिए ।  

दुबईमा कामबाट डेरामा आयर सुतेका विकलाई गत चैत्र २९, गते मंगलवार बिहान मृत फेला पारिएको थियो । निधनको कारण खुल्न सकेको छैन् । 

विकका बाबु आमा सहित श्रीमती अमृता सुनुवार रहेकी छिन् । विक १ वर्ष अगाडि वैदशिक रोजगारीका लागि  युएई गएका थिए । 

अन्य समाचारहरु