भूमिकास्थानमा ४ हजार बढि मतान्तरले एमालेलाई हराउने गठबन्धनको दावी | ढाकावाङमा गठबन्धन चुनावी कार्यक्रम सम्पन्न

भूमिकास्थानमा ४ हजार बढि मतान्तरले एमालेलाई हराउने गठबन्धनको दावी | ढाकावाङमा गठबन्धन चुनावी कार्यक्रम सम्पन्न

अर्घाखाँचीडट्कम संवाददाता 

ढाकावाङ, अर्घाखाँची । एमालेले चुनाव जित्छ भनेर होइन संविधानलाई बचाउन गठबन्धन भएको गठबन्धन दलका नेताहरु बताएका छन्।

साेमवार भूमिकास्थान १ काे ढाकावाङ्गमा आयोजना गरिएको कार्यक्रममा बाेल्दै नेपाली काङ्ग्रेसका पुर्व केन्द्रीय सदस्य तथा पुर्व मन्त्री रेवती भुसालले केपी वलीले ७४ काे निर्वाचन प्रजातान्त्रिक पद्धतिबाट जितेपनि निर्वाचन जितिसकेपछि संविधान, गणतन्त्र र संघीयतालाई समाप्त पार्न खाेजेकाेले त्यसका बिरुद्ध ५ दलिय गठबन्धन बनेको बताए।

फरक प्रसंगमा बाेल्दै नेता भुसालले भूमिकास्थान नगरपालिकामा गठबन्धनका साझा उम्मेदवारले ४ हजार भन्दा बढि मतान्तरले जित्ने बताउदै त्यसका लागि नेपाली काङ्ग्रेस सक्रिय रुपमा लाग्ने बताए।

त्यस्तै राष्ट्रिय जनमाेर्चा भुमिकास्थान नगर समिति सदस्य, निवर्तमान वडा अध्यक्ष तथा वडा अध्यक्ष पदका उम्मेदवार भाेजराज खनाल र नेकपा (माओवादी केन्द्र)का लुम्बिनी प्रदेश समिति सल्लाहकार काशिराम गमालले बाेल्दै आफू र आफ्नो पाटी गठबन्धनलाई जाेगाउन र गठबन्धनका उम्मेदवारलाई भारी मतले विजयी बनाउ लागि पर्ने प्रतिबद्ध रहेको बताए।

कार्यक्रममा नेपाली काङ्ग्रेसका पुर्व महासमिति सदस्य अम्मर बहादुर थापा, नेकपा (माओवादी केन्द्र)का नगर कमिटी उपाध्यक्ष बाबुराम खनाल, अखिल (छैठौं)का केन्द्रीय सदस्य टेकराज भुसाल, नेपाली काङ्ग्रेसका पुर्व क्षेत्रीय सचिव युवराज खनाल, क्षेत्रीय सदस्य गाेपाल प्रसाद खनाल लगायतको आतिथ्यता रहेको थियो।

कार्यक्रम नेपाली काङ्ग्रेस भुमिकास्थान १ का सभापति बिष्णु प्रसाद खनालको अध्यक्षता, नगेन्द्र खनालको स्वागत र टेकन बेल्वासेकाे संचालनमा सम्पन्न भएको थियो।

अन्य समाचारहरु