यूएईमा रक्तिम परिवार - जीवन शर्मा

आदर्णिय यूएई बासी दाजुभाई तथा दिदि बहिनिहरु हामी प्रवासी हरुको समस्याहरु को समाधानत: परै जाओस कुनै पनि निकायले हाम्रो आवाज पनि सम्बन्धित निकाय सम्मपनि पुराई दिदैन आज हामी देश बिकाशका वाहक मानिने धेरै जसो युवा हरु विश्वोका विभिन्न मुलुकहरुमा गयर आफ्नो खुन पसिना बगाएर त्यहाँको शहरलाई झिलिमिली बनाइ रहेका छौ | हामी चाहेर पनि आफ्नो मातृभूमिमा बस्न सकेका छैनौ आफ्ना दुखका वेदना आफु भित्र कुहायरबस्न बाद्य भएका छौ|

यो सबै राज्यले हामी युबाहरु को लागि कुनै ठोंस नीति नाल्यानु ,देशको नेतृत्त्व गर्छु भन्ने ठुला राजनीतिक दलहरुले सहि दिशा नपकड़नु, सरकार मा पुगेपछि राष्ट्रियता लाई बिर्सदै जानु,गरिवी हटाउने निहुमा देशको अर्थतन्त्र स्वहा पार्नु,उत्पीडित तथा पिछडा वर्ग र असाहयहरुको लागि जीवन निर्वाह हुने खालको भरपर्दो कुनै ठोंस योजना नबनाउनु आदि जस्ता थुप्रै कारण हरु हुन सक्छन | त्यसकारणयस्ता खालका व्यबाहार गर्ने हरु बिरुद्ध आवाज उठाउने र शोषितपिडित तथा निमुखाहरुको दुखको भारी बिसाउनी चौतारी केवल रक्तिम मात्र भयकोले यी सबैको संगालो बोकेर गीत तथा संगीत मार्फत यू .ए .ई .नेपाली एकता समाजको आयोजनामा नेपालका प्रसिद्द जनगायक जुन अहिले गीत र संगीत मार्फत राष्ट्रनायकको भूमिका खेल्नु भयको छ उँहा को साथमा रक्तिम अभियानकै नृत्य प्रशिक्षक जिबन पुन सहित आफ्नो केन्द्रिय रक्तिम टोलि लियर नेपालीहरुको नया बर्ष २०७१ को शुभ अवसर मा यही अप्रिल १८ ,२०१४ मा यू .ए .ई . आउदै हुनुहुन्छ त्यसको साथमा स्थानीय कलाकारहरुको पनि प्रस्तुति अतुलनीय हुने छ | अहिले रक्तिमका नौला प्रस्तुतिहरु हेर्ने चाहना संसार भरिका मजदुर हरुको रहेको हुँदा यू , ए . ई .रहनु भयका सम्पूर्ण नेपालीहरुलाई उँहाको नौलो प्रस्तुति हेर्नको लागि पहिलो पटक एकता समाजले ठुलो अवसर मिलाई दियको छ |
 
तसर्थ यू .ए .ई. को हरेक कुनामा रहनुहुने सम्पूर्ण नेपालीहरुले यस कार्यक्रमलाई छुटाउनु हुँदैन| रक्तिम एउटा आफैमा पृथक खालको ईतिहाँस बनाउन सफल छ | त्यस कारण सधै राष्ट्रियता र जनताका गीतहरु गाउदैहिड्ने रक्तिम टोलिलाई स्वागत गर्न अप्रिल १८ मा दुबईको अस्टोरिया होटेलमा जाउँ हामी सबै नेपालीहरुको नया वर्षा रक्तिम टोलि संगै मनाउ |


अन्य समाचारहरु