मैदानको करेन्टाईनमा भारतवाट आउनेको संख्या ४४ जना पुगे, आउने क्रम जारी

मैदानको करेन्टाईनमा भारतवाट आउनेको संख्या  ४४ जना पुगे, आउने क्रम जारी


डिआरजी सुमन

अर्घाखाँची डटकम् /व्युरो डेक्स  अर्घाखाँची   ।     अर्घाखाँची जिल्लाको पाणिनी गाँउ पालिका वडा नं ५ मैदान आलमनगर स्थित श्री कृष्ण मावी मा रहेको करेन्टाईनमा १२ जना , अमिलेखोला स्थित भानु मावी को करेन्टाईनमा २४ जना , अमजा स्थित अमर आधारभूत विद्यालयमा २ जना र भर्तापुर स्थित जनज्योति आधारभूत विद्यालयमा ६ जना गरी ४४ जना पुगेका छन ।


वैदेशिक रोज़गार तथा व्यवसाय को लागी भारत पुगेका मैदानवासी घर आउने क्रम जारी छ । दैनिक रुपमा भारतवाट हाम्रो वडाका नागरिक गाँउमा आईरहनु भएको छ । हामी नेपाल सरकारले तोकेको मापदंड अवलम्बन गरी करेन्टाईनमा व्यावस्थापन गरि रहेका छौ । हाम्रा सरकारी भौतिक संरचना खचाखच भरिदै गएको हुदा थपस्थान व्यवस्थापनमा कठिनाई वढ्ने संकेत देखिएको छ पाणिनी गाँउ पालिका ५ नं वडा अध्यक्ष जीवलाल घिमिरेले अर्घाखाँची डटकमसँग वताउनु भएको छ ।


हामीलाई थाहा छ आज भारतीय भूमिमा हाम्रा नागरिक अफ्ठ्यारो अवस्थामा भएकै कारण यसरी गाउमा आउनु भएको हो । हामीलाई सिमा क्षेत्र वाट ल्याउन कठिनाई पर्दै पनि गएको छ । कुनै कुनै गाडीवाला उहाहरु लाई रिसिभ गर्न नै डराउन लागेका छन तर पनि हामी सकेसम्म मिलाउने प्रयास गरी नै रहेका छौ ।


हाम्रा करेन्टाईनमा पनि खाद्यान्न व्यावस्थापन राम्रो तवरले गरी नै रहेका छौ । हामी रातदिन नभनी दैनिक रुपमा विभिन्न करेन्टाईनमा पुगेका छौ वडा अध्यक्ष को भनाई छ । आज पनि ५ नं वडा अध्यक्ष जीवलाल घिमिरे,सचिव रवीन्द्र न्यौपाने, समाजसेवी ईन्द्रमणी घिमिरे करेन्टाईनमा पुगेर नागरिकको गुनासो सुनेर संझाउने काम भएको छ । आजै खाद्यान्न व्यावस्थापन गर्ने सम्बन्धित व्याक्तिलाई कुनैपनि चीजको कमि नगराउन निर्देशन गर्नु समेत भएको छ ।

यस्तै करेन्टाईनमा वस्नेहरुलाई पनि सहजता का साथ रहिदिनु हुन अनुरोध गर्दै अतिआवश्यक सहयोग गर्न सधै तयार रहेको वताउनु भएको छ ।


तस्वीर डिआरजी सुमन/अर्घाखाँची डटकम्

अन्य समाचारहरु