पाेखराथाेकमा एमालेकाे भेला सम्पन्न २४५ जना कांग्रेस परित्याग गरि प्रवेश

पाेखराथाेकमा एमालेकाे भेला सम्पन्न  २४५ जना कांग्रेस परित्याग गरि  प्रवेश


डिआरजी सुमन 

पोखराथोकमा एमालेमा २४५ जना प्रवेश गरेको नेकपा एमाले पाणिनी गाँउ कमिटीसचिव गुनाखर अधिकारीले जनाउनु भएको छ । नेकपा एमाले केन्द्रीय सचिव टोप वहादुर रायमाझीले टिका र माला लगाएर पार्टी प्रवेश गराउने काम भएको छ । नेकपा एमाले पाणिनि२ पोखराथोक गाँउ कमिटी अध्यक्ष माधव गौतमको अध्यक्षता,पाणिनि गाँउ कमिटी सचिव गुनाखर अधिकारीको संचालन नेकपा एमालेकेन्द्रीय सचिव टोप वहादुर रायमाझीको प्रमुख आथित्यतामा सम्पन्न कार्यक्रममा विभिन्न तहमा रहेका नेताहरुको उपस्थिति मा कार्यक्रमसम्पन्न भएको छ ।

पाेखराथाेक, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । नेकपा एमालेका केन्द्रीय सचिव टाेपबहादुर रायमाझीले बर्तमान सरकार असफल भएकाे बताउनुभयाे । राष्ट्र,विकासमा भन्दा पनि अाफ्नाे स्वार्थ कसरी पूरा गर्न सकिन्छ भन्ने चिन्ता रहेकाे बताउनुभयाे ।
 

 नेकपा एमाले पाणिनी-२ पाेखराथाेककाे वडा कमिटीकाे आयाेजनामा आज घाेलीडाँडामा पार्टि प्रबेस कार्यक्रम बाेल्दै उहाले साे कुरा बताउनुभएकाे हाे । 


कार्यक्रममा बाेल्दै नेकपा एमाले प्रदेश सचिवालय सदस्य रामजि प्रसाद घिमिरेले पाेखराथाेक नेकपा एमालेकाे लालकिल्ला भएकाे बताउनुभयाे । अर्घाखाँचीमा एमाले सग ५ दलिय गठबन्धन भएपनि एमाले एक्लैले बहुमत ल्याउने बताउनुभयाे ।


उक्त कार्यक्रममा नेपाली काँग्रेस पार्टि परित्याग गरि बिष्णु रायमाझी, भक्त ब. रायमाझी, लाल ब. रायमाझी, कासिनाथ कार्कि, सुमित्रा बगाले र निर्मला घर्तिकाे नेतृत्वमा ६२ घर परिवारका २५० जना कार्यकर्ता नेकपा एमालेमा प्रबेस गर्नु भएकाे छ।
 

नव प्रबेसिहरुलाई पार्टि केन्द्रीय सचिब  रायमाझी, लुम्बिनी प्रदेस सांसद तथा प्रदेस कमिटि सचिवालय सदस्य घिमिरे, प्रदेस कमिटि सदस्यहरु जीव नारायण काेईराला, कुटमदिन अली,जिल्ला कमिटी उप सचिब  शम्भु पाेख्रेल,जिकस उमानाथ पाैडेल, पालिका कमिटी अध्यक्ष  कमल प्रसाद घिमिरे लगायतले फुल र अबिर लगाई पार्टिमा स्वागत गर्नु भएकाे थियाे ।

पाेखराथाेकमा एमालेकाे भेला सम्पन्न  २४५ जना कांग्रेस परित्याग गरि  प्रवेश

अन्य समाचारहरु