खिदिमको श्री फर्सवाटाकुरा माविमा निशुल्क पाठ्यपुस्तक वितरण कार्यक्रम सम्पन्न

खिदिमको श्री फर्सवाटाकुरा माविमा निशुल्क  पाठ्यपुस्तक वितरण कार्यक्रम सम्पन्न


अर्घाखाँचीडट्कम संवाददाता 

खिदिम, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्ला पाणिनी गाउँपालिका वार्ड नं ३ खिदिममा रहेको श्री फर्सवाटाकुरा माद्यामिक विद्यालयमा निशुल्क  पाठ्यपुस्तक वितरण कार्यक्रम सम्पन्न भएको छ । 


खिदिममा रहेको श्री फर्सवाटाकुरा माद्यामिक विद्यालयका पूर्व विद्यालय व्यवस्थापन समिति अध्यक्ष बसन्त के.सीले जन्मदिनकाे अवसरमा नर्सरी देखी कक्षा ४ सम्मका विद्यार्थीहरूलाई निशुल्क  पाठ्यपुस्तक वितरण गर्नुभएको हो । 


कार्यक्रममा नर्सरी देखी कक्षा ४ सम्मका ९ जना विद्यार्थीहरूलाई निशुल्क  पाठ्यपुस्तक वितरण गरिएको थियो । 

विद्यालयमा नर्सरी कक्षा देखी कक्षा ४ सम्म अङ्ग्रेजी माध्यामबाट पठनपाठन गर्दै आइरहेकाे छ। समाजसेवी केसीले विपन्नताकाे कारण पाठ्यपुस्तक खरिद गर्न कठिन भएका विपन्न विद्यार्थीहरू विद्यालयलाई पहिचान गर्न लगाई करिब ७ हजार मुल्य बराबरका पाठ्यपुस्तक निशुल्क रूपमा वितरण गर्नु भएकाे हाे।
 

कार्यक्रममा विद्यालयका शिक्षक, विद्यालय व्यवस्थापन समितिका पधादिकारीकाे उपस्थिति रहेको थियो । 

अन्य समाचारहरु