वारि जमुना पारि जमुना बोलका गाएक खेमराज गुरुङको निधन

वारि जमुना पारि जमुना...बोलको  गीत गाएर नेपाली सांगीतिक क्षेत्रमा लाेकप्रिय बनेका गायक खेमराज गुरुङको असामयिक निधन भएको छ।
जण्डिस बिग्रिएपछि १० दिनदेखि चावहिलस्थित मेडिकेयर अस्पतालमा उपचार गराइरहेका गुरुङको आज (बिहीबार) साँझ अस्पतालमै निधन भएका गायक राजेशपायल रार्इले नागरिकन्युजलार्इ जानकारी दिएका छन्। थप उपचारका लागि परिवारले दिल्ली लाने तयारी गरे पनि चिकित्सकले स्वास्थ्य गम्भीर भएको भन्दै भेन्टिलेटरमा राखेका थिए।
मेदान्त अस्ताल लाने तयारी सबै विफल भएकाे छ, खेमराज दाइ अब हामी माझ रहनु भएन, शाेक मिश्रित अावाजमा रार्इले भने।

गुरूङकी श्रीमति हङकङबाट आई  पुगेको र युकेबाट आमा  र दुर्इ दिदिहरू आउन  लागेको  उनले जानकारी दिए। उहाँहरू सबै उतैबाट मेदान्त हस्पिटल जाने तयारी थियो ,गायक राइले भने।
स्वर्गीय गुरू्ङका दुर्इ छोराछोरी छन्।
गुरुङको आलुतामाले... बोलको  गीतसमेत समेत चर्चित छ ।
गुरुङको पार्थिव शरीरलाई टिचिङ अस्पतालमा लाने तयारी भइरहेको समेत रार्इले जानकारी दिए।








         

अन्य समाचारहरु