बाँगीको आरुखोरमा एकीकृत समाजवादीको प्रथम वार्ड भेला सम्पन्न (तस्बिरहरु)

बाँगीको आरुखोरमा  एकीकृत समाजवादीको प्रथम वार्ड भेला सम्पन्न (तस्बिरहरु)


अर्घाखाँचीडट्कम संवाददाता 

बाँगी, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिका वार्ड नम्बर ५ बाँगीमा नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) को प्रथम वार्ड भेला सम्पन्न भएको छ । 


बाँगीको श्री शान्ति मा. वी आरुखोरमा आईतबार एकीकृत समाजवादीको प्रथम वार्ड भेला सम्पन्न भएको हो । 


भेलाले मालारानी ५ मा ६१ सदस्य सहितको वडा कमिटी गठन गरेको छ । जसको अध्यक्षमा डाल बहादुर चौहान रहेका छन् । यस्तै आजको वडा भेलाले ५१ सदस्य सहितको अनेमसंघ वडा कमिटी समेत गठन गरेको नेकपा (एस) बागीँ वडा कमिटी सदस्य नारायण विकले बताए ।


प्रथम वडा भेलामा नेकपा (एस)केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेश सचिव एवं रुपन्देही जिल्ला अध्यक्ष राजु गुरुङ, नेकपा (एस) जिल्ला अध्यक्ष राम बहादुर चौहान, नेकपा (एस) लुम्बिनी प्रदेश सदस्य भोज बहादुर खड्का, नेकपा (एस) लुम्बिनी प्रदेश सदस्य महेश पन्थी, नेकपा (एस) जिल्ला कमिटी सदस्य तथा युवा संघ नेपाल केन्द्रीय सचिवालय सदस्य लक्ष्मण खड्का, नेकपा एस जिल्ला कमिटी सदस्य, सितगंगा नगरपालिका ईन्चार्ज तथा अनेरास्ववियुका केन्द्रीय सचिव नारायण शर्मा, अनेमसंघ केन्द्रीय सदस्य सुमित्रा मुखिया, युवा संघ नेपाल केन्द्रीय सचिवालय सदस्य पुस्पा भाट, युवा संघ नेपाल अर्घाखाँची जिल्ला कमिटी अध्यक्ष पुष्कर पौडेल लगायतका नेताहरुको उपस्थिति रहेको थियो ।

अन्य समाचारहरु