मनीषाको हत्या उनकै प्रेमीले गरेको प्रहरीको दाबी

नवलपरासीकी मनिषा घर्ती मगरको हत्यामा संलग्न भएको भन्दै नवलपरासी प्रहरीले उनका प्रेमी आशिष भन्ने रुद्रनारायण चौधरीमाथि मुद्दा चलाएको छ। नवलपरासी प्रहरीले सरकारी वकिलको कार्यालयमार्फत् सोमबार जिल्ला अदालतमा कर्तव्य ज्यान मुद्दा दायर गरेको हो।

अनुसन्धानका क्रममा चौधरीले नै हत्या गरेको खुल्न आएको र उनीमाथि मुद्दा चलाउन सरकारी वकिलको कार्यालयमा असार २ गते मिसिल पेश गरेको प्रहरी निरीक्षक प्रकाश सापकोटाले जानकारी दिए। प्रहरीले पेश गरेको फाइल अनुसार सरकारी वकिलको कार्यालयले चौधरीमाथि मुद्दा दायर गरेको हो।

प्रहरीले चौधरीमाथि सर्वस्वसहित जन्मकैद सजायको माग दाबी राखेर मुद्दा चलाउन सरकारी वकिलको कार्यालय फाइल पेश गरेको छ।

गत जेठ १२ गते आफ्नै घरमा मनिषा मृत अवस्थामा भेटिएपछि प्रहरीले उनका प्रेमी चौधरीलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइरहेको थियो। सो क्रममा चौधरीको पोलिग्राफ टेष्टसमेत गरिएको थियो । पोलिग्राफ टेष्टमा चौधरीले आफूले मनिषाको हत्या नगरेको बताएका थिए।  

मनिषा फुटबलर विमल घर्ती मगरकी बहिनी हुन्। विमलले बहिनीको हत्या भएको र हत्यारालाई कारबाही गरिनु पर्ने बताउँदै आएका छन्। सेतोपाटिमा खबर छ

           

अन्य समाचारहरु