कोरोना भाइरस ' कोभिड १९ ' महामारी र बन्दा बन्दी - सम्पादकिय

कोरोना भाइरस ' कोभिड १९ ' महामारी र बन्दा बन्दी -  सम्पादकिय
संसार आज कोरोना अर्थात COVID-19 को चपेटामा रुमल्लीरहेको छ । बिश्वका साना, ठुला, बिकासोन्मुख राष्ट्रलाई मात्र नभएर सर्ब शक्तिमान राष्ट्रहरुलाई समेत चपेटामा पारेको छ । उनीहरुको लागि युद्ध बरु सहज छ तर यो महामारी सहज बन्न नसकिरहेको सङक्रमित तथा मृत्यू हुनेहरुको तथ्याकले देखाईरहेको छ ।

उध्योग, ब्यबसाय, शैक्षिक सस्था, हवाई उडान, सवारी साधन, जनजिबन ठप्प भएका छन । जसको फलस्वरुप आर्थिक उपार्जन गर्ने स्रोतहरु निष्कृय बनिरहेको अबस्थाले बिश्वमा नै ठुलो आर्थिक संकटमा नपर्ला भन्न सकिदैन । आर्थिक पाटोको बिश्लेषण नगरिकन यो लेखमा बन्दा बन्दी समय बृर्दि संगै संक्रमणीतको सङ्ख्या बृर्दी हुनाका कारण र त्यसका न्युनिकरणका उपायहरुको बारेमा चर्चा गरिनेछ ।

 कोरोनाको उत्पती चिनको वुहान प्रान्तमा बन्दा बन्दी भएको ७६ ‌औ दिनमा जनजिबन सहज भएको थियो । यध्यपि केहि फाटफुट संक्रमणीतहरु अहिले पनि देखिएका छन । जानकारहरु यसलाई दोस्रो चरणको महामारी पनि भनेका छन । चिन आर्थिक साधन, स्रोतले सम्पन्न सर्वशक्तिमान मुलुक जसले राज्यका सम्पुर्ण शक्ति त्यस बिरुद्द लगायो जसले गर्दा धेरै सङ्ख्यामा हताहत हुनुन परेन ।

नेपालमा पनि चैत्र १० मा दोस्रो सङ्क्रमित देखिए लगत्तै सरकारले पनि २०७६ साल चैत्र ११ देखि बिभिन्न चरणहरुमा गरि २०७७ ज्येष्ठ २० सम्म बन्दा बन्दी घोषणा गरेको छ । जनमानसमा जागेको प्रश्न के छ भने जति जति बन्दा बन्दी थपिएको छ, झन सङ्क्रमितको संख्या बढिरहेको छ । के नेपाल सरकारले लकडाउन मात्रै गरेर अन्य उपायहरु नगरेकै हो त रु त्यो पनि पक्कै होईन तिन तहका सरकार यसको न्युनिकरणको लागि खटीरहेको अबस्था छ तर प्रभावकारी खटाई नभएको हुन सक्नेमा प्रश्न गर्ने ठाउ देखिन्छ । परिक्षणको दायरा सानो सङ्ख्यामा भएको कारण पनि ठुलो सङ्ख्यामा संक्रमणीत नदेखिएको हो भन्ने दाबी पनि एकथरीहरुको देखिन्छ ।


 पछिल्ला दिनहरुमा एकाएक सङ्क्रमण बढ्नुमा छिमेकी राष्ट्र भारतमा पनि कोरोना सङ्क्रमितको सङ्ख्या दिन प्रति दिन बढ्नु जसले गर्दा रोजगारीको लागि भारत गएका ठुलो सङख्यामा नेपालीहरु बेरोजगार बन्नु, अलपत्र पर्नु, राहत सुविधा पनि नपाउनु जस्ता कारणले यस्तो बिषम परिस्थितिमा आफ्नो जन्म ठाउ, परिबार, इष्टमित्र संझनु जोकोहीका लागि पनि अनौठो कुरा होइन । स्वयम भारतले पनि आफ्ना मजदुरलाई ब्यबस्थापन गर्न नसकेको कारण भारतीय श्रमिकहरु पैदल घर फर्केको हामी देखिरहेको अबस्थामा भारतले नेपाली मजदुरहरुलाई ब्यबस्थापन गर्छ भन्ने आश के गर्नु ।

 

नेपाल सरकारले दुई देश बिचका सिमा नाकाहरु सिल गर्ने निर्णय गरेता पनि खुल्ला सिमाका कारण रातको समय पारी नेपाल भित्रनेको सङ्ख्या दिन प्रतिदिन बढ्न गयो । सरकारले सिमामा सुरक्षा बल पनि नबढाएको होइन । भारतले पनि बिभिन्न माध्यमबाट सिमा नाकामा आएका नेपालीहरुलाई ब्यबस्थित क्वारेन्टाइनमा राखेर उनिहरुको परिक्षण पश्चात नेपाल पठाउनु पर्ने तर त्यस्तो देखिएन ।

 यस्तो बिषम परिस्थितिमा भारतमा रहेको नेपाली राजदुतावासको नेपाली प्रतिको भूमिका पनि उल्लेखनिय देखिएन । नेपालमा भित्रिने रेमिट्यान्स मध्ये भारतबाट आउने रेमिट्यान्सको प्रतिशत पनि कम छैन तर पनि नेपाल सरकारको भुमिका उल्लेखनिय नभएको कारण बिचल्लिमा पर्नु भन्दा आफ्नै जन्म ठाउ पुग्न ठिक ठानेर नै नेपाली दाजुभाइहरु पैदल तथा अन्य माध्यमबाट नेपाल भित्रिने क्रम बढ्न गएको देखिन्छ।


 यसरि आएकाहरु मध्ये सिधै सम्बन्धित पालिकाको क्वारेन्टाईनमा गएकाबाट त्यो समस्या नदेखिएर सिधै घरमा अथवा नातेदारकहां जानेहरुबाट नै सङ्क्रमणको समस्या बृर्दि भएको देखिन्छ ।

 यस प्रकार लुकीछिपी आउनेहरुलाई समयमा निगरानी गर्न नसक्नु, यसरी आएका ब्याक्तिहरु स्वयम लुकेर बस्ने , परिवार नातागोताले पनि जानकारी नदिएकोले पनि समस्या भयमित भएको हो ।

 

कतिपय पालिकाहरुको क्वारेन्टाइनहरु ब्यबस्थित नभएको कारणले पनि मानिसहरु दुई चार दिन बस्ने अनि भाग्ने गर्दा पनि यो समुदायमा पनि बृहतरुपमा सर्ने सम्भावना देखिन्छ । अत नेपाल भारत सिमासंग जोडीएका पालिकाहरुले कम्तिमा पनि ५०० क्षमताको क्वारेन्टाईन सुविधा सम्पन्न निर्माण गरिनु पर्ने देखिन्छ। 

सम्बन्धित वडाहरुले पनि जनचेतना बृर्दि गर्ने देखि लिएर नयां मानिसहरुको निगरानी साथै उक्त क्षेत्रमा थप बजेट बिनियोजन गर्नुका साथै सुरक्षाकर्मी, स्वास्थ्यकर्मीहरुको सङख्यमा पनि बृर्दि गरिनु पर्ने हुन्छ । सिमा क्षेत्रमा जोडीएका पालिकाहरुका क्वारेन्टाइन खचाखच हुने अबस्था देखिन्छ भने भने कतिपय पालिकाका क्वारेन्टाइन रित्तो अबस्थामा रहेका छन । अत उक्त ब्याक्तिहरुलाई परिक्षण पश्चात उनिहरुको सम्बन्धित क्वारेन्टाइनमा पठाउदा यो समस्या कम हुने देखिन्छ ।

 बैशाख २५ भन्दा अगाडि काठमाण्डौ उपत्यकामा सङ्क्रमणीतको सङख्या नदेखिएले पनि अलि सुरक्षित देखियो । त्यही बहानामा शक्ति र सत्ताको पहुंच भएका ब्याक्तिहरु पास लिएर उपत्यका छिर्ने र पहुच नभएकाहरु बिभिन्न नाकाहरु प्रयोग गरि भित्रिए । जसमा राज्यको कमजोर निगरानी भएकै कारणले पनि उपत्यका सङ्क्रमणीतको सङ्ख्यामा बृर्दि देखियो । अब पनि उपत्यकामा सङ्क्रमण देखिएका ठाउहरुमा सिल गर्ने र परिक्षणको दायरा बढाउने र उपत्यका छिर्ने नाकाहरुमा कडा निगरानी भएन भने सङ्क्रमण भयावह रुपमा देखिन सक्छ ।

छिमेकि मुलुक भारतमा सङ्क्रमणीतको सङख्या दिनहु बढिरहेको अबस्थामा भारतबाट रोजगारी गुमेका, दुख पाएका साथै अन्य नेपाली दाजु भाइहरु नेपाल आउने निश्चित छ यो क्रमलाई नेपाल सरकारले रोक्न पनि सक्दैन, रोक्न पनि हुदैन । अत भारतसंग कुटनैतिक पहल गरि नेपाल आउन चाहने खास गरि रोजगारी गुमाएका मजदुरहरु, बिध्यार्थीहरु आपतमा परेका नेपाली दाजुभाईहरुलाई ब्यबस्थित रुपमा नेपाल भित्राउने र उनिहरुलाई सम्बन्धित पालिकाको क्वारेन्टाइनमा राखेर परिक्षण पश्चात घरमा जाने ब्यबस्था मिलाउनु पर्छ । यदि समयमा उपरोक्त कार्य गरिएन भने खुल्ला सिमानाबाट लुकिछिपी आउने क्रम बढ्दै जान्छ यसले झन समुदायमा सङक्रमण बढ्ने खतरा देखिन्छ । 

समस्या छिमेकी मुलुकमा मात्र नभएर खाडी मुलुक मलेशियमा जस्ता देशहरुमा हजारौ नेपाली रोजगार गुमाएका अलपत्र परेका छन कतिपय मुलुकले त नेपाललाई फिर्ता लैजान समेत अनुरोध गरिसकेका छन । अत त्यस्ता ब्याक्तीहरुको सम्बन्धित राजदुतावास मार्फत तथ्याङ्क संकलन गर्न लगाई नेपाल ल्याउने प्रबन्ध गर्नु पर्ने देखिन्छ । समस्या के छ भने खाडी लगायत बिभिन्न मुलुकहरुमा रहेका सबै नेपालीहरु एकैपटक ल्याएर ब्यबस्थापन गर्न गार्हो देखिन्छ ।

 तत्कालमा अबैध रुपमा छिरेका, रोजगारी गुमाएर बिपत्तिमा परेकालाई नेपाल ल्याई निश्चित दिनको क्वारेन्टाइनमा राखिसकेपछि निजहरुको परिक्षण पश्चात घरमा पठाउने ब्यबस्था गर्नु पर्ने देखिन्छ ।

 

अन्तमा COVID-19 बाट नेपाल केहि हदसम्म सुरक्षित देखिन्थ्यो तर पछिल्लो तथ्याङ्क हेर्दा त्यस्तो लाग्दैन । अत हामी सबै संयम तथा जिम्मेवार हुनु जरुरि छ । सरकार तथा जिम्मेवार निकायलाई आरोप लगाउने तर आफु जिम्मेवारी नहुने प्रबृति हटाउनु जरुरी छ । हामी सबै जिम्मेवार तथा संयमित हुनु जरुरी छ । सरकारले पनि प्रभावकारी रुपमा महामारी संग जुध्नको लागि ठोस रणनिति तय गरि जानु पर्ने देखिन्छ । बेरोजगारीको समस्या लगायत आर्थिक मन्दी संग जुध्नको लागि पनि कृर्षि क्षेत्रलाई प्राथामिकतामा राखेर रोजगार श्रृजना हुने गरि बजेट ल्याउनु पर्ने देखिन्छ । 

कृर्षि प्रधान मुलुक भनेर बर्षौ देखि पढ्दै आएको कथन पुरा गर्ने समय पनि आएको छ । खाध्यान्नमा पनि परनिर्भर रहेको नेपाल महामारी पछि खाध्यान्न आपुर्तिमा भारत लगायत अन्य मुलुकहरुले कम गर्ने पनि देखिन्छ जसले भोकमारि, खाध्यसंकट श्रृजना हुन सक्ने अबस्थालाई मध्यनजर राखि कृर्षिलाई प्रमुख प्राथामिकतामा राख्नु पर्ने देखिन्छ । कृर्षिप्रधान मुलुक जहां प्रत्येक प्रदेशहरुमा कृर्षि विश्वविध्यालयको स्थापना हुनु पर्ने साथै उक्त बिषय अध्ययनको लागि सहज सरल ब्यबस्था पनि हुनु जरुरी छ ।

- अर्घाखाची डट कम 


अन्य समाचारहरु