पाणिनी गाउँपालिकामा स्वास्थकर्मी परिचालन तथा सरोकारवालासँग अन्तरक्रिया कार्यक्रम सम्पन्न (तस्बिरहरु)

पाणिनी गाउँपालिकामा स्वास्थकर्मी परिचालन तथा सरोकारवालासँग अन्तरक्रिया कार्यक्रम सम्पन्न (तस्बिरहरु)


अर्घाखाँचीडट्कम संवाददाता 

दुर्गाफाँट, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिकामा स्वास्थकर्मी परिचालन तथा सरोकारवालाहरुसँग अन्तरकृयात्मक बैठक सम्पन्न भएको छ । 


पाणिनी गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा बिहीवार पालिका स्तरमा कोभिड १९ लगायत महामारी जन्य रोगहरुको रोकथाम नियन्त्रण र निगरानीको लागी स्वास्थकर्मी (द्रुत प्रतिक्रिया टोली) परिचालन तथा सरोकारवालाहरुसग अन्तरकृयात्मक बैठक सम्पन्न भएको हो । 


कार्यक्रमको संचालन स्वास्थ शाखा सह संयोजक अधिकृत छैटौं राम प्रसाद घिमिरे, अध्यक्षता स्वास्थ शाखा संयोजक शेस कान्त घिमिरेले गर्नुभएको थियो । यस्तै प्रमुख अतिथी गाउँपालिका उपाध्यक्ष लक्ष्मी गौतम रहेको कार्यक्रमको सहजीकरण कोभिड अस्पतालका मे.अ  डा. मदन अधिकारी, स्वास्थ शाखा प्रमुख शेस कान्त घिमिरे, नेपाल स्वास्थ क्षेत्र सहयोग कार्यक्रमकी स्वास्थ प्रणाली सबलिकरन अधिकृत प्रतिस्ठा ढकालले गर्नुभएको थियो । 

साथै पालिका सभाहलमा सम्पन्न कार्यक्रममा पालिका अनरगतका सबै  स्वास्थ चौकी सामुदायिक स्वास्थ इकाई प्रमुख तथा प्रतिनिधी  पाली पोख्रथोक प्रहरी चौकीका इन्चार्जको सहभागिता रहेको थियो ।    


कार्यक्रममा महामारी नियन्त्रण रोगथाम र निगरानीको लागि आर आर टि पुनर्गठन, कोभिड १९ लगायत महामारी रोग गाइड लाइनको अभिमुखिकरण, महामारी जन्य रोगहरुको बारेमा स्वास्थकर्मिलाई अध्याबधिक जानाकारी तथा आ आफ्नो जिम्बेवारी, आ आफ्नो कार्य क्षेत्र भित्र कोभिड लगायत महामारी जन्य रोगको अबस्था र नियन्त्रणको प्रयास, पालिका तथा स्वास्थ संस्थामा  औषधीको बफर मौज्दात, पालिका स्तरको बिपद ब्यबस्थापन समितीसँग समन्वय, हालसम्म पालिका भित्र गरिएको कोभिड परिक्षण तथा भ्याक्सिनेसन, महामारी नियन्त्रणमा स्वास्थकर्मी बाहेक अन्य सरोकारवालाहरुको भुमिकाका बारेमा छलफल र कार्ययोजना निर्माण गरि बैठक सम्पन्न भएको छ ।    


 

अन्य समाचारहरु