सन्धिखर्कको कुरमा एमालेद्धारा गठबन्धनका कार्यकर्ता माथि आक्रमण,७० हजार लुटेको आरोप

सन्धिखर्कको कुरमा एमालेद्धारा गठबन्धनका कार्यकर्ता माथि आक्रमण,७० हजार लुटेको आरोप

अर्घाखाँचीडट्कम संवाददाता 

सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) ।  वैशाख ३० गते हुन लागेको स्थानीय तह निर्वाचन नजिकिदै गर्दा अर्घाखाँची जिल्लाको सन्धिखर्कमा नेकपा (एमाले) ले नेकपा एकीकृत समाजवादीका कार्यकर्ताहरुलाई आक्रमण गरेको आरोप लागेको छ । 

सन्धिखर्क - २ कुरमा एमालेको ६०, ७० जनाको समुहले गठबन्धन दल एकीकृत समाजवादी सचिव नारायण भुसाल र माओवादी केन्द्रका युवा नेता बन्धु नेपाली लगायतका कार्यकर्ताहरुलाई आक्रमण गरि  ७० हजार रुपैयाँ लुटेको आरोप लागेको हो ।

कुरमा मदिरा सेवव गरि बाईकमा आएका एमालेका ६०, ७० जनाको समुहले लुटपाट गरेका गठबन्धन दलको दावी छ । घटना बेहोरे कुर नेटा मिल नेर नारायण भुसालको घर नजिक भएको हो ।  ७० हजार रुपैयाँ प्रहरीले नियत्रणमा लिएको छ ।       

माओवादी केन्द्रका स्ठानिय नेता बिष्णु ढुंगानाले भने; चुनावबाट हारको मानसिता बोकिसकेका नेकपा एमालेका कार्यकर्ताले कुरमा राती ठिक ८:३०  बजे करिब ४०  बटा बाइकमा गुण्डा गर्दी शैलीमा र्याली गर्दै सुतेका जनतालाई त्रसित गराउदै हाम्रा साथी नारायण भुसाल र बन्धु नेपाली बाइकमा घर जादै गर्दा थर्काउदै पिट्दै गोजी खोजी तलासी गर्दै चोरी डकैती शैलीमा निजको घरायसी प्रयोजनको लागि लिएको पैसा चोरी डकैती गरिएको हो । 

उता एमाले पक्षले सन्धिखर्क नगरपालिकाको वडा नम्बर २ कुर, बेवरेमा समाजवादी पार्टीका कार्यालय सचिव नगद बितरण गर्दा गर्दै रु. ७०,०००/- सहित रंगेहात पकाउ भन्ने हल्ला मच्चाएका थिए । 

यस्तै एमालेले जिल्लाका विभिन्न गाउँ - गाउँमा पैसा बाँड्दै पार्टी प्रवेश गराउदै आएको विपक्षीले आरोप लगाउदै आएको छ । 

अन्य समाचारहरु