अर्घाखाँचीमा मत गणना कछुवाको तालमा हुँदै, अर्को स्थानमा थपेर मतगणना छिटो गर्न माग

अर्घाखाँचीमा मत गणना कछुवाको तालमा हुँदै, अर्को स्थानमा थपेर मतगणना छिटो गर्न माग

अर्घाखाँचीडट्कम संवाददाता 

सन्धिखर्क, अर्घाखाँची । अर्घाखाँची जिल्लामा जारी मत गणना ढिलाई भएको छ । 

मत गणना शुरु भएको २ दिन बढी हुँदा पनि अहिलेसम्म कुनै पालिकाले समयभित्रै सम्पन्न गरेका छैनन् ।

मत गणना ढिलाई गरेको भन्दै मत गणना स्थलमा पर्खेर बसेका राजनीतिक दलका कार्यकर्ताहरु अक्रोसित भएका छन् । साथै अर्को स्थानमा मतगणनाका लागि थप गर्न माग गरेका छन् । 

निर्वाचन अधिकृतको कार्यालयले स्थान अभावका कारण धेरै मतगणना गर्न सकिने अवस्था नभएको बताउदै आएको छ ।  

उता जिल्लाको सन्धिखर्क नगरपालिका, शितगंगा नगरपालिका, छत्रदेव गाउँपालिका र पाणिनी गाउँपालिकामा नेकपा एमालेका उम्मेदवारहरुले अग्रता लिइरहँदा मालारानी  गाउँपालिका र भूमिकास्थान नगरपालिकामा मात्र गठवन्धनको अग्रता रहेको छ ।  

जिल्लाका २० वटा वडाहरूकाे मतगणना सम्पन्न भएकाे छ ।

नेपाली कांग्रेस 

१) सन्धिखर्क-१, माधव श्रेष्ठ 
२) भुमिकास्थान-१, गाेपाल प्रसाद खनाल 
३) पाणिनी-१, कमल पाेख्रेल
४) पाणिनी-२, चन्द्रकान्त पाैडेल
५) छत्रदेव-५, बालकृष्ण पाेख्रेल
६) शितगङ्गा-१, मान बहादुर सिंजापती
७) शितगङ्गा-१४, दामोदर न्यौपाने 
८) सन्धिखर्क-१२, नारायण खड्का 

नेकपा (एमाले)

१) भुमिकास्थान-१०, खगेश्वर पन्थी
२) पाणिनी-८, राेमबहादुर पाण्डे 
३) मालारानी-१, दधिराम आचार्य
४) छत्रदेव-४, भिमलाल खनाल 
५) पाणिनी-७, गुनाखर अधिकारी 
६) छत्रदेव-१, काजिबाबु ज्ञवाली 
७) छत्रदेव-८, भीष्म कुँवर
८) शितगंगा-१३, दुर्गा बहादुर बि.सी.
९) मालारानी-८, नरेन्द्र बस्नेत 

नेकपा (माओवादी केन्द्र)

१) मालारानी-९, महेन्द्रबाबु खनाल
२) मालारानी-२, योगेन्द्र भुसाल 

राष्ट्रिय जनमोर्चा 

१) भुमिकास्थान-२, बुद्धि बहादुर थापा


अन्य समाचारहरु