मालारानीको खन क्वारेन्टाइनमा दलितले पकाएको खाना उपल्लो जातका व्यक्तिले बहिष्कार गरे

मालारानीको खन  क्वारेन्टाइनमा दलितले पकाएको खाना उपल्लो जातका व्यक्तिले  बहिष्कार गरे
कथित उपल्लो जातका केही व्यक्तिले अर्घाखाँचीमा दलित युवकले पकाएको खाना बहिष्कार गरेका हुन् ।

अर्घाखाँचीडट्कम संवादाता 

ढाकावाङ, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिका वार्ड नम्बर ४ खनमा दलित युवकले पकाएको खाना कथित उपल्लो जातका केही व्यक्तिले बहिष्कार गरेका छन् ।  

खन चुँदारटोलको समाजकल्याण प्रावि क्वारेन्टाइनमा वार्ड कार्यालयमार्फत स्वयंसेवकका रुपमा खटिएका कृष्णबहादुर विकले क्वारेन्टाइनमा खाना पकाउँदै आएको र दिल्लीबाट आएका दिनेश घिमिरे लगायतले उनले पकाएको नखाने भन्दै घरबाटै खाना ल्याएर खाएका छन् । दलितले पकाएको खाना नखाएपछि घिमिरेलाई कालिका नेरा माविको क्वारेन्टाइनमा सारिएको वडा अध्यक्ष विष्णु पोखरेलले बताए । छोएको नखाने भनेपछी भोकै मर्न दिनुभन्दा अन्यत्र सारिएको उनको भनाई छ ।

कथित उपल्लो जातका दिनेश घिमिरेले दलितले पकाएको खाएपछि आफूले नराम्रो सपना देख्ने, काँप्ने र बिरामी हुने भएकाले नखाने बताए । ‘मैले दुई बर्ष अँघी दलितले पकाएको खाएको थिएँ, उनले भने,‘त्यसपछी मलाई जिउ काँप्ने गरेको छ ।’

क्वारेन्टाईनमा बसेका बेला उनले दलितले भरेको पानी पिएको तर भात नखाएको त्यहाँ बसेकाहरुले बताए । क्वारेन्टाइनमा राख्दा सबैलाई एकै ठाउँमा राखिएको र जातीय रुपमा नहेरिएको त्यहाँका जनप्रतिनिधीहरुको भनाई छ । दलित वडा सदस्य लक्ष्मी विकले पुजारी हुँ भन्दै खाना बहिष्कार गरेर दलितमाथि जातीय विभेद गरेको बताइन् । ‘एउटै गाउँका छिमेकीबीच जातीय द्वन्द्व ल्याउने काम भयो,उनले भनिन्,‘अहिलेको नयाँ पिढीले सम्म जातजातीका नाममा विभेद गर्दै आएका छन् ।’ युवा पुस्ताबाट नै यस्तो हुनु दुखद कुरा भएको उनको भनाई छ ।

समाजकल्याण प्राविको क्वारेन्टाइनमा विगत ८ दिनदेखी सात जना दलित समुदायका बस्दै आएका छन् भने दुई दिन अँघी मात्र दिल्लीबाट घिमिरे लगायत कथित उपल्लो जातका केही व्यक्ती उक्त क्वारेन्टाईनमा आएका थिए ।

दलितले पकाएको खाना नखाएपछि घिमिरेलाई कालिका नेपाल राष्ट्रिय माविको क्वारेन्टाइनमा सारिएको वडाध्यक्ष विष्णुप्रसाद पोखरेलले बताए ।

'दलितले पकाएको भात उपल्लो जातिले खानु/नखानु उसको व्यक्तिगत स्वतन्त्रता हो, मन्दिरको पुजारी हुँ, दलितले पकाएको खाना खानुपर्छ भने म मर्छु भनेपछि घिमिरेलाई अन्यत्र सारियो,' वडाध्यक्ष पोखरेलले भने, 'क्वारेन्टाइनमा राख्दा जातीय रुपमा हेरिएन । सबैलाई एकै ठाउँ राखेका छौं ।'

दलित वडा सदस्य लक्ष्मी विकले पुजारी हुँ भन्दै खाना बहिष्कार गरेर दलितमाथि जातीय विभेद गरेको बताइन् । 'एउटै गाउँका छिमेकीबीच जातीय द्वन्द्व ल्याउने काम भयो,' उनले भनिन् । 

अन्य समाचारहरु