हंसपुरको पाखापानी गाउँ उच्च जोखिममा, स्थानियबासी त्रासमा

हंसपुरको पाखापानी गाउँ उच्च जोखिममा, स्थानियबासी त्रासमा


नवीन रसाइली

हंसपुर, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । केही दिनदेखि  लगातार परेको अविरल वर्षाका कारण पहिरो जाँदा अर्घाखाँची जिल्ल्लाको मालारानी गाउँपालिका वार्ड नम्वर ६ हंसपुरको पाखापानी गाउँ उच्च जोखिममा परेको छ । 


हंसपुरको पाखापानीका राम बहादुर थापाको घर तल र केही माथि दुवै ठाउँमा पनि पहिरो गएको छ ।

पहिरो हिजो (बुधबार) दिउँसो गएको घर धनी राम बहादुर थापाले बताए । पहिरोको कारण क्षति भने पुगेको छैन् । यस्तै उनिहरु जोखिमयुक्त घरमा बस्न वाध्य भएका छन् । 


उनिहरुले वार्ड नं. ६ का वार्डअध्यक्ष नारायण प्रसाद अर्याललाई सो बारे जानकारी गराएको पनि बताए । 

ठाउँ - ठाउँमा पहिरो जाँदा हंसपुरको जनजीवन अस्तव्यस्त भएको छ ।   

अन्य समाचारहरु