ठाडाका ९८ जना अति विपन्न, मजदुरलाई राहत सामग्री वितरण (तस्बिर सहित)

ठाडाका ९८ जना अति विपन्न, मजदुरलाई राहत सामग्री वितरण (तस्बिर सहित)
गणेश बेल्बासे संगम

ठाडा, अर्घाखाँची । कोरोना भाइरस (Covid-19) को महामारीलाई मध्यनजर गर्दै मंगलवार शितगङ्गा नगरपालिकाले वार्ड नं. १२ ठाडामा ९८ जना अति विपन्न, दैनिक ज्याला मजदुरी गरेर दैनिकी गुजारा गर्नेलाई राहत सामग्री वितरण गरेको छ । 


ठाडाका विभिन्न स्थानहरुबाट वडामामा रहेका अति विपन्न परिवारलाई वितरण गरिएको वडा अध्यक्ष बाबुराम गैरेले जानकारी गराउनु भयो ।


राहत सामग्रीमा चामल २५ किलो, दाल ३ किलो, तेल २ लिटर र नुन २ पोका राहत सामग्री वितरण गरिएको अध्यक्ष गैरेले जानकारी दिनु भयो ।


राहत वितरण वडाका जनप्रतिनिधी, विभिन्न दलका प्रतिनिधी, प्रहरी, स्वास्थ्य स्वयमसेवीका, संघसंस्था लगाएतको रोहबरमा राहत वितरण गरिएको अध्यक्ष गैरेले बताउनु भयो । 

अन्य समाचारहरु