खाँचीकोटका माओवादी केन्द्रका वार्ड अध्यक्ष बालकृष्ण शाह एमालेमा प्रवेश गरे

खाँचीकोटका  माओवादी केन्द्रका वार्ड अध्यक्ष बालकृष्ण शाह एमालेमा प्रवेश गरे

केशब घिमिरे 

सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) ।  अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड नम्बर ७ खाँचीकोटका नेकपा माओवादी केन्द्रका वार्ड अध्यक्ष बालकृष्ण शाह नेकपा (एमाले) मा प्रवेश गरेका छन् । 


खाँचीकोटका नेकपा माओवादी केन्द्रका वार्ड अध्यक्ष बालकृष्ण शाह घर परिवार सहित एमालेमा प्रवेश गरेका हुन् । 

शाहले पाँच दलिय गठबन्धन आफुलाइ चित्त नबुझेकोले एमालेमा प्रबेश बताए । 


यस्तै सनपा १ शान्तिनगर निवासी टाेपलाल पराजुली, परिवार दल अर्घाखाँची उपाध्यक्ष गगनसिंह ठकुरी  सहित विभिन्न व्यक्तिहरू एमाले प्रवेश गरेका छन् । 

उनिहरुलाई पार्टी केन्द्रीय सल्लाहकार परिषद सदस्य लक्ष्मण रायमाझी, प्रदेश सदस्य जनार्दन खनाल,  जिल्ला उपाध्यक्ष इश्वरा पाेखरेल, सन्धिखर्कका मेयर पदका उम्मेदवार कृष्ण प्रसाद श्रेष्ठ उपमेयर पदका उम्मेदवार मिश्रा आचार्य, वडा नं. १ का अध्यक्ष पदका उम्मेदवार लगायतले पार्टीमा स्वागत गरेका थिए । 

अन्य समाचारहरु