पटौटीमा कांग्रेसका जिल्ला सभापति पदका उम्मेद्बार मुस्कानको चुनावी कार्यक्रम सम्पन्न

पटौटीमा कांग्रेसका जिल्ला सभापति पदका उम्मेद्बार मुस्कानको चुनावी कार्यक्रम सम्पन्न


अर्घाखाँचीडट्कम संवाददाता 

पटौटी, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिका वार्ड नं ४ पटौटीमा नेपाली कांग्रेसका जिल्ला सभापति पदका उम्मेद्बार विष्णु प्रसाद खनाल `मुस्कान´ को चुनावी कार्यक्रम सम्पन्न भएको छ । 


पटौटीमा बिहीवार नेपाली कांग्रेसका जिल्ला सभापति पदका उम्मेद्बार विष्णु प्रसाद खनाल `मुस्कान´ को चुनावी कार्यक्रम सम्पन्न भएको हो । 

कार्यक्रममा स्थानिय युवाहरु दुर्गा प्रसाद अधिकारी र तुल्सिराम पोख्रेललाई कांग्रेसमा प्रवेश गराइएको थियो । उनलाई मुस्कानले नेपाली काङ्ग्रेसको सदस्यता प्रदान गरि पार्टी प्रवेश गराएका थिए । 

कार्यक्रममा नेपाली काङ्ग्रेस अर्घाखाँची जिल्ला उपसभापति शान्ता भण्डारी र नेपाली काङ्ग्रेस पाणिनी-४ पटौटीका पुर्व पार्टी सभापति शालिकराम घिमिरे लगायत नेपाली काङ्ग्रेस पटौटिका वार्ड पदाधिकारी,क्षेत्रीय प्रतिनिधी एवं कृयाशिल सदस्यहरु उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो । 


अन्य समाचारहरु