शितगंगाको जलुके-लाहापे क्वारेन्टाइनका ८ जनाकाे आरडीटी नेगेटिभ आयो (तस्बिर सहित)

शितगंगाको जलुके-लाहापे क्वारेन्टाइनका ८ जनाकाे आरडीटी नेगेटिभ आयो (तस्बिर सहित)

गणेश बेल्बासे संगम

जलुके, अर्घाखाँची । अन्य जिल्लाबाट आएर जलुकेको लाहापे  माध्यमिक विद्यालयको क्वारेन्टाइनमा राखिएका ८ जनाको डाइग्नोष्टिक टेस्ट (आरडीटी) नेगेटिभ आएको छ ।


उक्त क्वारेन्टाइनमा रहेका ८ जनाको आज मंगलबार ‘र्‍यापिड टेस्ट’ मार्फत कोरोना परीक्षण गरिएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डाक्टर कपिल गौतमले जानकारी दिनु भयो । परीक्षण गरिएका सबैको रिपोर्ट नेगेटिभ आएको उहाँले बताउनु भयो ।

अर्घाखाँचीको शितगंगा नगरपालिका वडा नं. ८ जलुके स्थित लाहापे क्वारेन्टाइनमा बाग्लुङबाट आएका ८ जनाको कोरोना संक्रमण टेस्ट गरिएको हो ।

 

शितगंगा नगरपालिका स्वास्थ्य प्रमुख कृष्ण प्रसाद पौडेका अनुसार विभिन्न जिल्लाबाट आएर नगरका क्वारेन्टाइनमा रहेका सबैको क्रमश: कोरोना परीक्षण गरिनेछ । शितगंगा नगरपालिकामा अन्य जिल्लाबाट आएकालाई क्वारेन्टाइन र कतिपयलाई उच्च निगरानिका साथ होम क्वारेन्टाईनमा पठाईएको छ ।

 

कोरोना संक्रमणको सम्भावित जोखिमलाई मध्यनजर गरी नगरपालिकाले विभिन्न स्थानमा क्वारेन्टाइन निर्माण गरेको छ ।


आज भएको र्‍यापिड टेस्टमा शितगंगा नगरपालिका वडा नं. ८ का अध्यक्ष रुकेश आले, ९ का अध्यक्ष भिम केसी, डा. आयुष्मा भुसाल, स्वास्थ्य कार्यालय अर्घाखाँचीका खोप अधिकृत सुपरभाईजर राम प्रसाद गौतम, डा. विवस मण्डल, गणेश कुमार पाण्डे, सामुदायिक केन्द्र लाहापे अहेव मधु पन्थी, शितगंगा स्वास्थ्य चौकीको अनमि शर्मिला बिसी, अस्थायी प्रहरी चौकी सातमाराका प्रमुख नहकुलदेव गिरी लगाएतको उपस्थिती रहेको थियो ।

 
शितगंगाको जलुके-लाहापे क्वारेन्टाइनका ८ जनाकाे आरडीटी नेगेटिभ आयो (तस्बिर सहित)

अन्य समाचारहरु