ढाकावाङको श्री विश्व माविमा विप्लब नेकपा निकट अखिल क्रान्तिकारीद्वारा तालाबन्दी

ढाकावाङको श्री विश्व माविमा विप्लब नेकपा निकट अखिल क्रान्तिकारीद्वारा तालाबन्दी


अर्घाखाँचीडट्कम संवाददाता 

ढाकावाङ, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको ढाकावाङमा रहेको श्री विश्व माध्यमिक विधालयमा विप्लब नेतृत्वको नेपाल  कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) ले तालाबन्दी गरेको छ । 


ढाकावाङको श्री विश्व माध्यमिक विधालयका प्रशासन र लेखाशाखामा अतिरिक्त शुल्क बन्द लगायतका विप्लब नेकपाका माग पुरा नभएको भन्दै  अखिल (क्रान्तिकारी) अर्घाखाँचीले अनिश्चित कालको लागि तालाबन्दी गरेको हो । 


अखिल क्रान्तिकारीको अगुवाईमा र बिगतदेखि विद्यार्थीहरुले गरेको आन्दोलनमा विधालय प्रशासन गम्भीर नभएको र विगतमा गरेको सहमतिलाई उलंघन गरेकोले साथै नगर शिक्षा पनि मुख दर्शन भएको उनिहरुको दावी छ । 


साथै अनिश्चित कालको लागि विधालय प्रशासन र लेखाशाखामा तालाबन्दी गरिएको उनिहरुले बताएका छन् । तर विधालय प्रशासनले ताला जवर्जस्ती लगाउन नमिल्ने र ताला तोड्ने बताएको छ ।   

अन्य समाचारहरु