देशभर बाढी तथा पहिरोमा परी ५४ जनाको मृत्यु, उद्धार तथा राहत वितरणमा कठिनाई

गृहमन्त्रालयका प्रवक्ता यादवप्रसाद कोइरालाका अनुसार देशभर बाढी तथा पहिरोमा परी साेमबारदेखि अाजसम्ममा ५४ जनाको मृत्यु भएको छ भने २१जना हराइरहेका छन् । उनकाे अनुसरा बाढी तथा पहिराेका कारण देशका १४ जिल्ला प्रभावित भएका छन् । जसमध्ये मध्यपश्चिम तथा पूर्वका ८ जिल्ला बढी प्रभावित छन् ।

उनको अनुसार विगत केही दिनदेखि जार अविरल वर्षाका कारण देशका विभिन्न भागमा आएको बाढी तथा पहिरोमा परेकाहरुको उद्धार गर्न सरकारले सम्पूर्ण संयन्त्र परिचालन गरेको दाबी गरेका छन् ।  उद्धारका लागि सम्पूर्ण सुरक्षा संयन्त्रलाई परिचालन गरिएको छ । विपद् भएका ठाउँमा उद्धारमा खटिनका लागि कसैको आदेश पर्खिन पर्दैन, उनले भने, जसले पहिला सूचना पायो त्यो टोली गएर उद्धारमा खटिनुपर्छ ।

गृह प्रवक्ता कोइरालाका अनुसार मौषस अबिले पनि प्रतिकुल भएकोले उद्धार तथा राहत वितरणमा केही कठिनाई भइरहेको छ ।  सरकारको अहिले सम्पूर्ण ध्यान उद्धारमा केन्द्रित । उद्धारसँगै राहत वितरणको काम पनि अगाडी बढाइएको छ, उनले भने, सरकारले विभिन्न प्रकारको बाधा व्यवधानका बाबजुद पीडितलाई राहत सामाग्री पुर्‍याउने प्रयास गरी रहेको छ । मौषम प्रतिकुल रहेकोले केही कठिनाई भइरहेको छ । उद्धारका लागि हेलिकप्टर तयारी अवस्थामा छ । तर मौषम प्रतिकुल भइ दिँदा हेलिकप्टर उड्न सकिरहेको छैन । कान्तिपुरमा समाचार छ । 

अन्य समाचारहरु