पाल्ने जहान के गरी ? (कविता)

पाल्ने जहान के गरी ? (कविता)

पिताम्बर बन्जाडे

मौरी ठानी घार सारें,
टोक्छ अरिंगाल सरी,
रोप्छु धान फल्छ पगटा,
पाल्ने जहान के गरी ?

व्बाँसाको बास भो घर नजिक,
पाल्नु पशु के गरी ?
घुनपुत्लाले सव सकिसके,
अन्न भा का भकारी ।

हिड्छन् बाँदरका बथान घरघरै,
चढ्छन् अटाली धुरी ,
जहाँ जाउँ सुखै छैन ,
पाल्ने जहान के गरी ?

गाई भैंसी सवै थारा ,
ब्याउँछन् मुसा भरी,
बच्चा रुन्छन् बुबु भन्दै,
पाल्ने जहान के गरी ?

वनका बाघ घरघर पसे ,
ठूलो त्रास छ यही ,
गर्छु भन्थ्यौ उपाय त केही,
व्यर्थै भयो आश गरी ।
पाल्ने जहान के गरी ?।
अस्तु: