छत्रदेव गाउँपालिकाद्वारा १ हजार ४९ विपन्न घरपरिवारका ४,६४८ जनालाई प्रथम चरणकाे राहत वितरण कार्य सम्पन्न (तस्बिर सहित)

छत्रदेव गाउँपालिकाद्वारा  १ हजार ४९ विपन्न घरपरिवारका ४,६४८  जनालाई प्रथम चरणकाे राहत वितरण कार्य सम्पन्न  (तस्बिर सहित)

सुर्य भुसाल 

खन, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालिका  अन्तर्गतका सबै वार्डमा रहेका असँगठित क्षेत्रमा दैनिक ज्यालादारीमा रहि कामकाज गर्ने १ हजार ४९ विपन्न घरपरिवारका ४ हजार ६ सय ४८  जनालाई प्रथम चरणकाे राहत वितरण कार्य सम्पन्न भएकाे छ । 


छत्रदेव गाउँपालिका  अन्तर्गतका सबै वार्डमा रहेका असँगठित क्षेत्रमा दैनिक ज्यालादारीमा रहि कामकाज गर्ने १ हजार उन्पचास विपन्न घरपरिवारका ४ हजार ६ सय ४८  जनालाई प्रथम चरणकाे राहत वितरण कार्य सम्पन्न भएकाे प्रमुख प्रसासकिय अधिकृत खिमान्नद भुसालले अर्घाखाँचीडट्कमलाई जानकारी दिनु भयो ।


महा विपत्तिकाे बेलामा सामाजिक उत्तरदायित्व प्रति सहयाेग पुर्याउनुहुने सहयाेगी दाताहरू, आपुर्तिकर्ताहरू जनप्रतिनिधिहरु कर्मचारीहरु सन्चारक्रर्मी, गाउँपालिकाबासीहरुलाई सहयोग पुराउने सबैलाई धन्यवाद ज्ञापन गरिएको भुसालले बताउनु भयो । 


गाउँपालिकामा काठमाडौंबाट आएका सबैलाई स्वास्थ्य चेकजाँच गरि सम्झैई बुझाई होम क्वारेन्टाइनमा बस्ने गरि घर पठाईऐको र उनिहरुले नियम पालन गरे नगरेको अनुगमन जनप्रतिनिधि तथा कर्मचारीले गरिरहेको प्रशासकिय अधिकृत भुसालले बताउनु भयो ।

अन्य समाचारहरु