खाँचीकोटका भालुखोला, डिहिडाँडा, डिही-किटेनी, फुदवाङबासीहरु धान गहुँ चुट्ने मेसिन आएपछि खुशी (भिडियो-फोटो सहित)

खाँचीकोटका भालुखोला, डिहिडाँडा, डिही-किटेनी, फुदवाङबासीहरु धान गहुँ चुट्ने मेसिन आएपछि खुशी (भिडियो-फोटो सहित)

अर्घाखाँचीडट्कम संवाददाता

फुदवाङ, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड नम्बर ७ खाँचीकोटमा धान  गहुँ चुट्ने थ्रेसर मेसिन सन्चालनमा आएपछि स्थानियबासीहरु खुशी भएका छन् ।


खाँचीकोटका प्रगतिनगर भालुखोला, डिहिडाँडा, डिही-किटेनी, फुदवाङ समग्र खाचिकोटका किसान  धान गहुँ चुट्ने थ्रेसर मेसिन सन्चालनमा आएपछि स्थानियबासीहरु खुशी भएका हुन् ।


समयको बचत हुने र छिटो छरितो हुने भएकोले पछिल्लो समय  किसानहरु यो प्रबिधीले गर्दा खुसी भएका छन् ।  खेती बाली भित्राउदा दिनौ लाग्ने काम अहिले केहि मिनेट समयमा हुने हुँदा किसान दङ छन् ।


यसैक्रममा धान गहुँ चुट्ने थ्रेसर मेसिन सन्चालनमा आएपछि भालुखोला माझ  गाउँका किसान जनक बहादुर के.सी र नियारे टोलाकी ८१ बर्षिया शिबकला के.सी (फलपते आमा), नियारे टोलाकी गोमा के.सी (डिहिडाँडाकी आमा) एकदम धेरै उत्साहित दङ हुनुहुन्छ ।


प्रदेश न ५ सरकारले साना किसान सहकारी फुदबाङलाई ५० % अनुदानमा दिएको उक्त थ्रेसर मेसिनले एक घन्टामा १५ मुरीदेखि १७ मुरीसम्म धान गहुँ चुट्न सक्ने क्षमता रहेको , यसका सन्चालक पोम नारायण  पोख्रेलले अर्घाखाँचीडट्कमलाई बताउनु भयो । गेडा गुडी अन्न बाली मक्कै बाहेक यो मेसिनले सबै खालको  बाली भित्राउन सजिलो हुने  उहाले बताउनुभयो ।


धान  गहुँ जहुँ कोदो दाल केराउ लागायत धेरै दलहन बाली भित्राउन सकिने भएकोले यो अबका दिनमा धेरै किसानलाई फाइदा दिने बताउनुहुन्छ, साना किसानका प्रबन्धक बिष्णु प्रसाद मरासिनी ।पहिलो चरणमा  यस सस्थामा आबद्द साना किसानहरुको हितलाई ध्यान राखी सन्चालन गर्ने क्रमस पछी अन्य छिमेकी वार्ड र आबस्कता अनुसार र माग बमोजिम यसको सेवा बिस्तार गर्ने र सर्ब सुलभ र सस्तो दरमा सेवा दिने गरी सन्चालन गर्ने रहेको प्रबन्धक मरासिनी बताउनु हुन्छ।   प्रबन्धक मरासिनीका अनुसार  , झन यो भन्दा  धेरै र  सस्तो सेवा दिने र एकदम उचित मुल्यमा आम किसानहरुलाई सेवा दिने योजना रहेको र शुरुवाती दिनमा केहि अफ्ट्यारो भएपनि क्रमश नगरपालिका भित्र र बाहिरका किसानलाई पनि सेवा दिन सकिने, हाललाई खाँचीकोटका किसानबाट  सेवा शुरु गरेको  उहाले बताउनुभयो ।


साना किसान सहकारीले यो थ्रेसर मेसिनलाई  खाँचीकोट लागायत वरिपरि चलाउने र आम साना किसान र अन्य सबै किसानहरुलाई सबैलाई समेट्ने गरि ट्र्याक्टर तथा यसमा जोडेर चलाउन मिल्ने उक्त थ्रेसर मेसिन  गएको ५/६ महिना अघी जिल्लामा भित्राएको   र सेवा  सन्चालनमा ल्याएको हो । साना किसानले यो थ्रेसर मेसिन प्रति घन्टा २५००-२७०० रुपैयाको दरले  चलाउने गरि  सन्चालनमा ल्याएको छ ।

प्रदेश सरकारको ५०% अनुदानमा दुई वटा गाडी भित्राएको साना किसानले अर्को बोलेरो जिपलाई अहिले  कृषि सम्बन्धित कार्यमा सहजता ल्याउन ,कृषि सामाग्री मलखाद, बिउको ढुवानी  , तरकारी ढुवानीमा  लगाएको र आगामी दिनमा चुस्त दुरुस्त र पारदर्शी हिसाबले यि सेवालाई कृषक  र आम साना किसानको हितमा प्रयोग गर्ने बताउनुहुन्छ ,साना किसानका अध्यक्ष  लक्ष्मण कणेल ।


दुई वटा गाडी एउटा ट्र्याकटर जसमा थ्रेसर जोड्न  मिल्ने र हलो सहित छ, अनि  अर्को  सिङल क्याब बोलेरो हो ,जुन किसानसँग समन्धित काम र कार्य गर्नको लागी गत बर्ष ल्याएको हो ।  दुबै ५०% प्रदेश  सरकारको सहुलियत अनुदानबाट   साना किसानलाई अनुदान प्राप्त  सहयोग हो ।

फोटोमा भालुखोलाको नियारे टोला

अन्य समाचारहरु