कपिलवस्तु बाणगंगामा कोइली नदीले बगाउँदा श्रीमतीको मृत्यु , श्रीमान बेपत्ता ।

कपिलवस्तु बाणगंगामा  कोइली नदीले बगाउँदा श्रीमतीको मृत्यु ,  श्रीमान बेपत्ता  ।

tvs

दीपेन्द्र पौडेल , अर्घाखाची डट्कम। 

कपिलवस्तुको बाणगंगा नगरपालिकामा कोइली नदीले बगाउँदा श्रीमतीको मृत्यु भएको छ भने श्रीमान बेपत्ता भएका छन् ।

नदी तर्ने क्रममा उनीहरुलाई नदीको बहावले बगाएको थियो । बगाएको केही स्थान अगाडि श्रीमतिको शव फेला परेको ईलाका प्रहरी कार्यालय पिपराले जनाएको छ ।

Sanima

मङ्गलबार बिहान १० बजे च्याउ खोज्न जाने क्रममा खोलाले बगाउँदा ३१ वर्षीया राममाया सुनारको मृत्यु भएको छ भने राम मायाको श्रीमान् ३६ वर्षीय दिलकुमार सुनार बेपत्ता भएका छन् ।

उनीहरुसगै नदी तर्न लागेका छोरालाई भने स्थानियले उद्धार गर्न सफल भएका थिए । उनीहरु बाणगंगा- ७ निवासी हुन्



अन्य समाचारहरु