ठाडामा एमाले निकट युवा संघको नगर कमिटी प्रथम बैठक सम्पन्न, ५६ सदस्यीय युथफोर्स गठन

ठाडामा एमाले निकट युवा संघको नगर कमिटी प्रथम बैठक सम्पन्न, ५६ सदस्यीय युथफोर्स गठन


झनक केसी

ठाडा, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको ठाडामा राष्टिय युवा संघ नेपाल अर्घाखाँची शितगंगा नगर कमिटी प्रथम बैठक विभिन्न कार्यक्रम गरि सम्पन्न भएको छ। 


कार्यक्रममा प्रमुख अतिथी नेकपा एमाले लुम्बिनी प्रदेश सचिवालय सदस्य एवं प्रदेश सांसद रामजी प्रसाद घिमिरे बिशिस्ट अतिथी जिल्ला उपाध्यक्ष प्रेम नारायण कोईराला अतिथिहरु जिल्ला उपसचिव प्रेमनारायण गैर केन्द्रिय सचिवालय सदस्य तथा जिल्ला रास्टिय युवा संघ नेपाल अर्घाखाँचीका अध्यक्ष गोबिन्द प्रसाद आचार्य लगायत जिल्ला कमिटी सदस्यहरु सितगङ्गा नगरकमिटी सदस्यहरु लगायत रास्टिय युवा संघका पदाधिकारीहरुको आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको रास्टिय युवा संघ नेपाल सितगङ्गाका सचिब हरि खनालले जानकारी दिए।


कार्यक्रममा मन्तव्य राख्दै नेकपा एमालेका जिल्ला उपाध्यक्ष जिवनारायण कोईराला र उपसचिव प्रेमनारायण गैरेले नेकपा एमालेको दुवै हात राष्टिय युवा संघ नेपाल रहेको बताए दुबैहात नभए शरीर एउटा मुर्दा मात्र हो भन्दै उदाहरण दिएका थिए। युवाहरुको तागत कुनै पनि प्रतिगामी गठबन्धन टिक्न नसक्ने चेतावनी दिनुभयो ।तेस्तै प्रमुख अतिथी रामजी प्रसाद घिमीरेले चुनाबको तयारिमा लाग्नुस हामिले के सहयोग गर्नु पर्छ कतिदिन सितगङ्गामा खटनु पर्छ म खटन तयार छु भन्दै पार्टिलाई एकढिक्का बनाएर लैजान अडर समेत गरेका थिए।


रास्टिय युवा संघ नेपाल शीतगंगा नगर अध्यक्ष तिलकमणी अधिकारिको अध्यक्षता,सह संयोजक सन्दिप दर्लामिको स्वागत मन्तव्य र सचिव हरि खनालको संचालनमा सम्पन्न कार्यक्रममा रा.यु.संघ नेपाल जिल्ला अध्यक्ष गोबिन्द आचार्य, नेकपा एमाले शितगङ्गा नगर इन्चार्ज ओपि पाण्डे,नेकपा एमाले नगरकमिटीका अध्यक्ष वसन्त श्रेष्ठ,नगर सचिब ऋषि  घिमिरे,जिल्ला कमिटीका सदस्य भिम के.सी.,गोबद्धन थापा,दुर्गा बिसि,केशब बेल्बासे कमल बेल्बासे तिलक भाट, लगायत बक्ताहरुले मन्तव्य राख्दै रास्टिय युवा संघ नेपाल पार्टिको पिल्लर हो अब जनताको घरघरमा जानुपर्ने पार्टिको निर्देशनको पालना गर्दै आवस्यक ठाउमा तत्काल समन्यन गरेर परिचालन गरि जनतको घरदैलो गर्ने बताउनुभयो ।


बैठकले संगठन सुदृढीकरणको निम्ति युवा संघको भुमिका अनिवार्य रहेको समते बताए। 

कार्यक्रममा विभिन्न वार्ड्का  ५६ सदस्यीय युथफोर्स गठन गरि संयोजक सन्दिप दर्लामीलाई जिम्मा दिईएको खनालले जानकारी दिए। 

अन्य समाचारहरु