कैलालीका कांग्रेस युवा नेता उत्तम नेपालीको महाधिवेशन यात्रा

कैलालीका कांग्रेस युवा नेता उत्तम नेपालीको महाधिवेशन यात्रा


अर्घाखाँचीडट्कम संवाददाता 

कैलाली । पछिल्लो समय नेपाली राजनीतिमा युवाहरूको सक्रियता निकै बढेको देखिन्छ । 


विगतका वर्षहरूमा सबैजसो राजनीतिक दलहरुमा उमेर छिप्पिएका बृद्धहरुको बाहुल्यता हुने गरेकोमा यस पटकको दलिय अधिवेशनहरुमा भने युवाहरूको उपस्थिति उल्लेख्य देखिएको छ । अहिले आन्तरिक संगठन बिस्तार या अधिवेशनको चटारोमा रहेका प्रमुख दलहरू नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा माओवादी, नेकपा एस लगायत दलहरुमा युवाहरूले युवाहरूले जिम्मेवारीमा दावी गरिरहेका छन् ।

यस्तै एक युवा हुन उत्तम नेपाली । कैलाली, गौरिगंगा -८ का उत्तम नेपाली यतिबेला नेपाली काँग्रेसका विभिन्न चरणका अधिवेशनमा प्रतिस्पर्धा गरिरहेका छन् । वडा अधिवेशनको चरणमा क्षत्रिय प्रतिनिधि छनोट भैसकेका नेपाली आगामी नगर अधिवेशन चरणमा केन्द्रीय महाधिवेशन प्रतिनिधिको लागि दावी गरिरहेका छन् । पार्टी संगठन निर्माणमा महत्त्वपूर्ण अर्थ राख्ने महाधिवेशन प्रतिनिधिका लागि उनी तयारी गरिरहेका हुन् ।

यश अघि खप्तड बहुमुखी क्याम्पसमा नेविसं इकाई अध्यक्षको जिम्मेवारी सम्हालिसकेका उत्तम नेपाल दलित संघका जिल्ला सदस्य समेत हुन् ।

वडा समुदायमा निकै राम्रो प्रभाव रहेका युवा नेपाली सामाजिक कार्यमा समेत उत्तिकै सक्रिय छन् । उत्तम नेपाली जस्ता युवा दलिय राजनीतिमा अघि बढ्नु दलहरुका लागि पनि सुखद पक्ष हो । उनको दल नेपाली काँग्रेसले उनलाई कहाँसम्म पुर्याउँछ, त्यो भने केही दिनपछि थाहा हुनेछ ।

अन्य समाचारहरु