अर्घाखाँचीमा एमालेभित्र उम्मेदवार चयनलाई लिएर व्यापक असन्तुष्टि, धमाधम स्वतन्त्र उम्मेदवारी दर्ता गर्दै

अर्घाखाँचीमा एमालेभित्र उम्मेदवार चयनलाई लिएर व्यापक असन्तुष्टि, धमाधम स्वतन्त्र उम्मेदवारी दर्ता गर्दै


अर्घाखाँचीडट्कम संवाददाता 

सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लामा उम्मेदवार चयनलाई लिएर नेकपा एमाले भित्र व्यापक असन्तुष्टि बढेको छ ।


जिल्लामा  उम्मेदवार चयनलाई लिएर नेकपा एमाले भित्र व्यापक असन्तुष्टि बढेको हो ।

यस्तै मालारानी गाउँपालिकाका अध्यक्षमा बालकृष्ण आचार्यले नेकपा एमालेको चयन प्रति असन्त्ष्ट हुँदै स्वतन्त्र उम्मेदवारी दर्ता गरेका छन् । उनले गाउँपालिकाको अध्यक्ष पदबाट आजै राजीनामा दिएर पुन: दोस्रो कार्यकालका लागि अध्यक्ष पदमा उम्मेदवारी दिएका हुन् ।


नेकपा एमालेका ६ स्थानिय तहमा अहिले  व्यापक असन्तुष्टि बढेको छ । भने कयौले स्वतन्त्र उम्मेदवारी दर्ता गर्ने चेतावनी दिएका छन् ।

यस्तै आज एमाले अर्घाखाँचीको जिल्ला कमिटी सदस्य पदबाट राजिनामा दिएका योगेन्द्र खड्का नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका छन् । एमाले अर्घाखाँचीको जिल्ला कमिटी सदस्य पदबाट राजिनामा दिएका योगेन्द्र खड्का आज एकीकृत समाजवादीमा प्रवेश गरेका हुन् । खड्कालाई एकीकृत समाजवादीका अध्यक्ष राम बहादुर चौहानले स्वागत गरेका थिए ।   प्रवेश गर्नेमा युवा नेता  प्रेम पौडेल पनि रहेका छन् ।   

अन्य समाचारहरु