डुबेर मृत्यु ।

डुबेर मृत्यु ।

          

 अर्घाखाची डट्कम । 


काठमाडौं, ५ साउन-  बर्दिया, बढैयाताल गाउँपालिका-२ फुटाहास्थित माछापोखरीमा डुबेर सोही ठाउँ बस्ने बिर्ख बहादुर भण्डारीको छोरा ९ वर्षीय भुवन भण्डारी र चन्द्र बोहराको छोरा ८  वर्षीय युवराज बोहराको बुधबार दिउँसो मृत्यु भएको छ । पोखरीको छेउमा खेल्ने क्रममा अचानक डुबेर अशक्त भएका उनीहरूको बर्दिया अस्पताल गुलरियामा उपचारको क्रममा मृत्यु भएको हो ।

 यसै गरी स्याङजा, गल्याङ नगरपालिका-६ पेलाकोटस्थित सिंचाई पोखरीमा डुबेर सोही ठाउँ बस्ने कामना गुरुङकी छोरी ४ वर्षीया सोफिया गुरुङ र सोही ठाउँ बस्ने ३३ वर्षीया बिन्द्र गुरुङको बुधबार साँझ मृत्यु भएको हो ।

 सोफिया डुबेको देखेपछि उनको उद्दार गर्न गएकी बिन्द्र समेत डुबेर अशक्त भएको अवस्थामा तत्काल उद्दार गरी प्राथमिक स्वास्थ्य केन्द्र वालिङ लगेकोमा उपचारको क्रममा दुवै जनाको मृत्यु भएको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 
 

अन्य समाचारहरु