ठाडाका एक युवकको कपिलवस्तुमा फोर्स गाडीको ठक्करबाट मृत्‍यु

कपिलवस्तु, जेठ १५ । कपिलवस्तु जिल्लाको मोतीपुर सडकखण्डमा फोर्स गाडीको ठक्करबाट अर्घाखाँचीका एक युवकको मृत्‍यु भएको छ। 

बा. २ ख ३९५९ नम्बरको माईक्रोबसको ठक्करबाट अर्घाखाँची जिल्लाको ठाडा गाविस ४ का २८ वर्षीय भक्तिराम बेलबासेको ज्यान गएको हो ।
 
भक्तिरामले बोड्गाउँमा बसेर पढने र पारालाइस स्कुलमा पढाउने गर्दथे । स्कुलबाट छुट्टी भएर कोठामा फर्कने क्रममा सडक पार गर्दा फोर्स गाडीले ठक्कर दिएको थियो।
 
ठक्कर दिए लगतै मणिग्राम अस्पतालमा लगिएको र   उपचारको क्रममा उनको मृत्‍यु भएको छिमेकी कर्ण के.सीले अर्घाखाँची डट्कमलाई बताए ।
 
साथै उनको लक्ष्मण घाटमा दाहासस्कार गरिएको छ। उनी ४ दिदीबहिनीका एक्ला भाई थिए । उनका परिवार ठाडामा किसानी काम गर्दछन। 

अन्य समाचारहरु