अर्घा बेल्टारीका क्यान्सर रोगीलाई अर्घाखाँची कोरिया सम्पर्क समितिद्वारा आर्थिक सहयोग

अर्घा बेल्टारीका क्यान्सर रोगीलाई अर्घाखाँची कोरिया सम्पर्क समितिद्वारा आर्थिक सहयोग

प्रेम नारायण आचार्य

अर्घा, अर्घाखाँची – अर्घाखाँचीको सन्धिखर्क नगरपालिका १० अर्घा बेल्टारीका क्यान्सर रोगी प्रेमबहादुर थापाको उपचारका लागि आर्थिक सहयोग रकम हस्तान्तरण गरिएको छ । 

unn.prixa.net

अर्घाखाँचीबाट रोजगारीमा गएकाहरूको साझा संस्था अर्घाखाँची कोरिया सम्पर्क समितिकाे पहलमा सङ्कलन भएको ८३ हजार रुपैयाँ क्यान्सर रोगी थापालाई हस्तान्तरण गरिएको हो । 

घरको आर्थिक अवस्था कमजोर भएपछि उपचारमा समस्या भएको जानकारी पाएपछि अर्घाखाँची कोरिया सम्पर्क समितिको सल्लाहकार बाबुराम आचार्यको संयोजकत्वमा आर्थिक सहयोग अभियान नै सञ्चालन गरिएको थियो । आचार्यको पहलमा कोरियामा सङ्कलन भएको ८३ हजार रुपैयाँ नेपाल पत्रकार महासङ्घका लुम्बिनी प्रदेश सदस्य प्रेमनारायण आचार्यले थापाको घरमै पुगेर हस्तान्तरण गर्नुभएकाे हाे । 

क्यान्सर रोगी थापाको नेपाल क्यान्सर हस्पिटल एन्ड रिसर्च सेन्टर ललितपुरमा उपचार भइरहेको छ ।

अन्य समाचारहरु