धनचौरको श्री जनजागृति माविमा ट्राफिक सचेतना सम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न

धनचौरको श्री जनजागृति माविमा ट्राफिक सचेतना सम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न


अनिल नेपाली 

धनचौर, अर्घाखाँची (अर्घाखाँचीडट्कम)  । ट्राफिक नियम प्रति सबै जिम्मेबार भएमा दुर्घटना न्युनिकरण गर्न सकिने भुमिकास्थान नगरपालिका वार्ड न १० धनचौरका अध्यक्ष खगीश्वर पन्थीले बताउनुभएको छ । 


धनचौरमा रहेको श्री जनजागृति माध्यमिक विद्यालयमा मंगलबार  जिल्ला ट्राफिक  कार्यालय अर्घाखाँचीले आयोजना गरेको सचेतना सम्बन्धी प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गदै अध्यक्ष पन्थीले यस्तो बताउनुभएको हो । 


 अध्यक्ष पन्थीले दुर्घटना कसैले पनि जानेर नजानेर नगराउने भन्दै दुर्घटना कसैलाई थाहा नदिईकन हुने हुनाले यसमा सबै जिम्मेबार हुन आबश्यक रहेको बताउदै सचेतना कार्यक्रम ट्राफिक  प्रहरीले विकट बस्तीमा ल्याएकोमा धन्यबाद समेत दिनुभएको थियो । कार्यक्रममा जिल्ला ट्राफिक  प्रहरी कार्यालय अर्घाखाँचीका कार्यालय प्रमुख प्रविन आचार्यले दुर्घटना बाजा बजाएर नआउने हुनाले ट्राफिक  नियम प्रति सबै जिम्मेबार बन्न जरुरी रहेको बताउदै ट्राफिक  नियमको सबै नागरिकले पालना गरेमा दुघटना न्युनिकरणमा सघाउ हुने बताउनुभएको थियो । 


कार्यक्रम विद्यालयका प्रधानाध्यापक पिताम्बर खनालको अध्यक्षता ट्राफिक  प्रहरी जबान झविन्द्र कुँबरको सञ्चालनमा सम्पन्न कार्यक्रममा प्रशिक्षण समेत दिइएको थियो कार्यक्रममा सञ्चारकर्मी लगायतको सहभागिता रहेको थियो ।

अन्य समाचारहरु