भुमिकास्थान नगरपालिकाका नवनिर्वाचित मेयर राष्ट्रिय जनमोर्चाका झबिलाल थापाको विजयी यात्रा (फोटो फिचर)

भुमिकास्थान नगरपालिकाका नवनिर्वाचित मेयर राष्ट्रिय जनमोर्चाका झबिलाल थापाको विजयी यात्रा (फोटो फिचर)

अर्घाखाँचीडट्कम संवाददाता 

नुवाकोट, अर्घाखाँची। गठबन्धनका तर्फबाट भुमिकास्थान नगरपालिकाको प्रमुख पदमा राष्ट्रिय जनमोर्चाका झबिलाल थापा र उपप्रमुख पदमा नेकपा माओवादी केन्द्रका बालकृष्ण बन्जाडे विजयी भएका छन् ।


भुमिकास्थान नगरपालिकाको मेयरमा राष्ट्रिय जनमोर्चाका झबिलाल थापा र उपमेयरमा नेकपा माओवादीका बालकृष्ण बन्जाडे विजयी भएका हुन्   थापा ८ हजार ३ सय २४ मतका साथ विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका रेशम थापाले ७ हजार ५ सय २४ मत प्राप्त गरेका छन्।   


उपमेयरमा नेकपा माओवादी केन्द्रका बालकृष्ण बन्जाडे ७ हजार ५ सय ५८ मतका साथ विजयी भएका हुन्। उपमेयरका निकटतम प्रतिद्वन्द्वी एमालेका बसन्ता पौडेलले ६ हजार ८ सय ६४ मत प्राप्त गरेकी छिन्।



अन्य समाचारहरु