ठाडा दह र अमराई प्रवेश द्वारमा कामना सेवा बिकास बैंकले राख्यो ट्राफिक बोर्ड

ठाडा दह र अमराई प्रवेश द्वारमा कामना सेवा बिकास बैंकले राख्यो ट्राफिक बोर्ड

अर्घाखाँचीडट्कम संवाददाता 

ठाडा, अर्घाखाँची  (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको ठाडाको दह र अमराई क्षेत्रको प्रवेश द्वारमा कामना सेवा बिकास बैंक शाखा कार्यालयले  ट्राफिक बोर्ड राखेको छ ।

दह र अमराई प्रवेश द्वारमा कामना सेवा बिकास बैंक शाखा कार्यालय ठाडाद्वारा बैंकको सामाजिक उत्तरदायित्व अन्तर्गत ईलाका प्रहरी कार्यालय ठाडाको समन्वयमा  ट्राफिक बोर्ड राखेको हो ।

विभिन्न सचेतना सम्बन्धी लेखिएका ट्राफिक बोर्ड राखिएको छ । कामना सेवा बिकास बैंक शाखा कार्यालय ठाडाले यहाँ बेला बेलामा विभिन्न सामाजिक कार्य गर्दै आएको छ । 

अन्य समाचारहरु